आवश्यक्ताअनुसार संविधान संशोधन : उपप्रधानमन्त्री सिंह « Khabarhub

आवश्यक्ताअनुसार संविधान संशोधन : उपप्रधानमन्त्री सिंह


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।

शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताए ।

उनले नेपालको संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानका धारा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान रहेको बताए ।

संघ, प्रदेश र स्थानीय तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालन गर्ने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए ।

अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन कांग्रेस–एमालेसहित साना दल सम्मिलित सरकर गठन भएको उनको भनाई थियो ।

उपप्रधानमन्त्री सिंहले आफ्नो पुस्ता बहुआयामिक व्यत्तित्वका धनी समाजवादी नेता बीपी कोइरालासँग उठवस गर्न पाएको पुस्ता रहेको गर्व गरे ।

कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालो बीपी कोइराला अत्यन्त व्यवहारिक नेता भएको बताए ।

त्यस्तै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले संविधान संशोधन प्राप्त उपलब्धि खोस्ने नभइ थप बलियो बनाउनका लागि हुने बताए ।

उनले भने, ‘समावेशीता कटौती हुँदैन । अझ भाइब्रेन्ट बनाउने हो । महिला, दलित, अरू वर्ग समूहको सहभागिता सुनिश्चित गर्ने गरि संशोधन गर्न सकिन्छ ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : १४ बजे

मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं– देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश

विश्वकपमा तेस्रो स्थानका लागि किन प्रतिस्पर्धा हुन्छ ?

काठमाडौँ – सेमिफाइनलमा पराजित भएपछि विश्वकपका टोली र समर्थक प्रायः

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६