हरिबंशको अवस्था सामान्य, नाकको नशा फुटेको भेटियो | Khabarhub Khabarhub

हरिबंशको अवस्था सामान्य, नाकको नशा फुटेको भेटियो


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

विराटनगर– वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यको नाकभित्रको सानो नशा फुटेको भेटिएको छ।

आइतबार बिराटनगर पुगेको समयमा बिरामी भएका उनको उपचारका क्रममा नाकको नशा फुटेको भेटिएको हो ।

बिरामी भएपछि उनी अस्पताल भर्ना भएका उनको नाकको नशा टालेर अहिले अवस्था सामान्य रहेको छ ।

विराटनगरस्थित हिमगिरी हाइजिङको ब्रान्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीका मदनकृष्ण श्रेष्ठ र हरिबंश शनिबार विराटनगर आएका थिए ।

विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौं फर्कने तयारीमा थिए । तर अचानक नाकबाट रगत बगेपछि उनी विराटनगर अस्पतालमा भर्ना भए ।

उपचारपछि आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाउजिङका निर्देशक प्रकाश मुन्दडाले बताए ।

हरिबंश आफैंले पनि सोमबार नाकभित्रको सानो नसा फुटेको पाइएको बताएका छन् । ‘फुटेको नाकभित्रको नसालाई टाल्ने काम भइसकेको छ । अहिले सामान्य अवस्थामा स्वास्थ लाभ गरिरहेको छु’, उनले भनेका छन् ।

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’