बजेट अभावले कार्य प्रगतिमा कुनै कमी हुँदैन : प्रधानमन्त्री ओली  « Khabarhub

बजेट अभावले कार्य प्रगतिमा कुनै कमी हुँदैन : प्रधानमन्त्री ओली 


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिने बताएका छन् । 

 सोमबार प्रतिनिधिसभा बैठकमा सांसद दिलेन्द्र बडुले गरेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

ओलीले भने, ‘महाकाली करिडोर आयोजनाअन्तर्गतको तुसारपानी- कोटेघर– टिङ्कर खण्डमा ८० प्रतिशत कडा चट्टान  रहेको र विस्फोटक पदार्थको व्यवस्थापनको सहजता भई निर्माण कार्यमा कम समय लाग्ने र कार्यप्रगति छिटो हुने उद्देश्यका साथ नेपाली सेनामार्फत कार्यान्वयन भइरहेको छ । 

छुट्टै बजेट शीर्षकको सन्दर्भमा रक्षा मन्त्रालय नेपाली सेनाबाट कार्यान्वयन भइरहेको तराई-मधेश द्रुतमार्गबाहेक अन्य कुनै पनि नेपाली सेनाले निर्माण गर्ने सडकहरूमा छुट्टै बजेट उप शीर्षक कायम भएको अवस्था छैन । 

 यस्तै यथेष्ट बजेट विनियोजनका सन्दर्भमा भने बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिन नेपाली सेनाबाट माग भएबमोजिम नै विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने उनले जानकारी गराए ।

‘संघको कार्यक्षेत्र रहेका सुदूरपश्‍चिम प्रदेशको पहाडी क्षेत्रमा सिँचाइ र नदी नियन्त्रणका कार्यहरू प्रभावकारीरुपले सम्पादन गर्न दार्चुलाबाट बैतडीको पाटनमा कार्यालय स्थानान्तरण गरिएको थियो’ उनले भने, ‘तटबन्ध निर्माण कार्यान्वयन एवं आवश्यक अनुगमनको लागि सम्पर्क कार्यालय र केही प्राविधिकहरू दार्चुलामा पनि राखिएको छ । साथै बैतडीस्थित कार्यालयले पनि यससम्बन्धी कार्य गर्ने जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ३ : ३३ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक