पर्यटक लोभ्याउँदै 'बिपी-पुष्पलाल वाटिका' | Khabarhub Khabarhub

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

झापा– यहाँको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा रहेको ‘बिपी-पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बीपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । 

विसं २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बीपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् । 

सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थानीय नेताहरूले बीपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए । 

प्रतिष्ठानको अगुवाइमा विसं २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गरेका थिए । विसं २०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्‌घाटन गरेका थिए । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ ।

काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरू यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङले बताए। ‘होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरूले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,” उनले भने, ‘हामी उनीहरूलाई बीपी पुष्पलाल बाटिका पुर्‍याइदिन्छौं । त्यहाँ घुमेर फोटो खिच्छन् । टिकट र रिलका लागि भिडियो बनाउँछन् ।’

वाटिका निर्माण समितिका अध्यक्षसमेत रहेका तामाङले वाटिकामा कोशी प्रदेश सरकारको ३० लाख र मेचीनगर नगरपालिकाको पाँच लाख लगानी भएको जानकारी दिए। वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उनले बताए।

नेपाली राजनीतिमा सबैभन्दा सम्मानित नेताको रुपमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मानिँदै आएको छ ।

दुवैको सालिक एउटै वाटिकामा भएकाले यो वाटिका कांग्रेस र कम्युनिष्ट दुवै विचारका अनुयायीका लागि राजनीतिक तीर्थस्थल बनेको नेकपा (एमाले) मेचीनगरका अध्यक्ष राजु कार्की बताउँछन् ।

यस वर्ष सोमबार पुष्पलाल स्मृति दिवस कार्यक्रममा भेला भएका नेकपा (एमाले)का नेता तथा कार्यकर्ताहरूले एउटै स्तम्भमा दुईतिर रहेका पुष्पलाल र बीपीप्रति समान आदरभाव प्रकट गरे । 

आइतबार नेपाली कांग्रेस मेचीनगरले यही स्थानमा श्रद्धाञ्जली समारोहको आयोजना गर्दा बीपी र पुष्पलाल दुवैको सालिकमा रुद्राक्षको माला लगाएर कांग्रेस नेता तथा कार्यकर्ताले श्रद्धासुमन अर्पण गरेका थिए । एमाले नेता तथा कार्यकर्ताले दुवै सालिकमा माल्र्यापण गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : २५ बजे

प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्”

काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन

दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री कार्कीद्वारा विपिनलाई श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय विपिन जोशीप्रति राष्ट्रिय झण्डा ओढाएर

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति