पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’ « Khabarhub

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

झापा– यहाँको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा रहेको ‘बिपी-पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बीपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । 

विसं २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बीपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताएका छन् । 

सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थानीय नेताहरूले बीपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए । 

प्रतिष्ठानको अगुवाइमा विसं २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गरेका थिए । विसं २०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्‌घाटन गरेका थिए । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ ।

काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरू यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङले बताए। ‘होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरूले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,” उनले भने, ‘हामी उनीहरूलाई बीपी पुष्पलाल बाटिका पुर्‍याइदिन्छौं । त्यहाँ घुमेर फोटो खिच्छन् । टिकट र रिलका लागि भिडियो बनाउँछन् ।’

वाटिका निर्माण समितिका अध्यक्षसमेत रहेका तामाङले वाटिकामा कोशी प्रदेश सरकारको ३० लाख र मेचीनगर नगरपालिकाको पाँच लाख लगानी भएको जानकारी दिए। वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उनले बताए।

नेपाली राजनीतिमा सबैभन्दा सम्मानित नेताको रुपमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मानिँदै आएको छ ।

दुवैको सालिक एउटै वाटिकामा भएकाले यो वाटिका कांग्रेस र कम्युनिष्ट दुवै विचारका अनुयायीका लागि राजनीतिक तीर्थस्थल बनेको नेकपा (एमाले) मेचीनगरका अध्यक्ष राजु कार्की बताउँछन् ।

यस वर्ष सोमबार पुष्पलाल स्मृति दिवस कार्यक्रममा भेला भएका नेकपा (एमाले)का नेता तथा कार्यकर्ताहरूले एउटै स्तम्भमा दुईतिर रहेका पुष्पलाल र बीपीप्रति समान आदरभाव प्रकट गरे । 

आइतबार नेपाली कांग्रेस मेचीनगरले यही स्थानमा श्रद्धाञ्जली समारोहको आयोजना गर्दा बीपी र पुष्पलाल दुवैको सालिकमा रुद्राक्षको माला लगाएर कांग्रेस नेता तथा कार्यकर्ताले श्रद्धासुमन अर्पण गरेका थिए । एमाले नेता तथा कार्यकर्ताले दुवै सालिकमा माल्र्यापण गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : २५ बजे

काठको मुढाले च्यापिएर बालकको मृत्यु

हुम्ला-काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर

संवैधानिक परिषदमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भनाभन (वार्तासहित)

काठमाडौँ । बिहीबार संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्याे ।

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र