पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको पार्टी मुख्यालयमा छापा « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको पार्टी मुख्यालयमा छापा


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – सैन्य समर्थित सरकारले राजनीतिक आन्दोलनमा प्रतिबन्ध लगाउने वाचा गरेको एक हप्तापछि पाकिस्तान प्रहरीले सोमबार कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी मुख्यालयमा छापा मारेको छ ।

खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)को मुख्यालयलाई अधिकारीहरूले सिल गरेको र पार्टीका धेरै कार्यकर्तालाई प्रतीक्षा भ्यानमा लिएर गएको घटनास्थलमा एएफपीका एक पत्रकारले देखेका छन् ।

मिडियामा बोल्ने अधिकार नभएको भन्दै नाम उल्लेख नगर्ने शर्तमा इस्लामाबाद प्रहरीका एक अधिकारीले पार्टीका संस्थापक सदस्य र प्रेस विभागका प्रमुख रउफ हसनलाई गिरफ्तार गरिएको जानकारी दिए ।

ब्यारिस्टरसमेत रहेका पार्टीका अध्यक्ष गौहर अली खानले स्थानीय सञ्चारमाध्यम र पिटिआईले सुरुमा रिपोर्ट गरेपछि हसनसँगै प्रहरी चौकीमा गएपछि आफूलाई पनि गिरफ्तार गरिएको बताए ।

“म रउफ हसनसँग त्यहाँ थिएँ, उहाँ हाम्रा वरिष्ठ हुनुहुन्छ र म उहाँका लागि त्यहाँ हुनुपर्थ्यो”, उनले भने , “हामी गिरफ्तारीका लागि सधैँ तयार छौँ ।”

पछिल्लो दुई महिनामा पिटिआईका कम्तीमा १० सदस्य वा उनीहरूको आफन्तलाई गिरफ्तार गरिएको हसनले शनिबार बताएका थिए । उनीहरू ‘कुनै निशान’ बिना ‘गायब’ भएको उनले बताए। “तीमध्ये सात जना मेरो विभागका मात्र छन् जसलाई हामी चुप लागेर बस्न नमान्दा पङ्गु बनाउन चाहन्छन्”, उनले भने ।

सरकारका सूचनामन्त्रीले गत साता पिटिआईमाथि प्रतिबन्ध लगाइने बताएका थिए । त्यसको केही दिनपछि सर्वोच्च अदालतले पार्टीको पक्षमा महत्त्पूर्ण फैसला सुनाएपछि सरकारलाई ठूलो झट्का लागेको थियो ।

पूर्वप्रधानमन्त्री खान करिब एक वर्षदेखि कारागारमा छन् तर यसै महिना इस्लामाबादका एक न्यायाधीशले उहाँको अवैध विवाहको सजायलाई उल्ट्याइदिएका छन् । सर्वोच्च अदालतले पिटिआईलाई राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनाउने कदमका रूपमा थप संसदीय सिटहरू प्रदान गरेको छ ।

गठबन्धन बनाएर फेब्रुअरीको निर्वाचनपछि संसदीय बहुमत हासिल गरेका प्रधानमन्त्री शहबाज शरिफको सरकारलाई यी दुवै मामिलाले ठूलो आघात पुगेको मानिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : २० बजे

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको

‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार