झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ? « Khabarhub

झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ?


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाइँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ?  तपाइँले देखेका ती  सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । तपाई पोखरा जानु भएको छ भने पातले छाँगो वा डेभिज फल्स त पक्कै जानु भएको होला त्यहाँबाट झरेकाे पानी पनि सेतो देखिन्छ ।त्यस्तै अन्य झरनाहरुको पानी सेतो देखिन्छन् ।  यसको कारण के होला भन्ने तपाइँलाई लागेको छ भने आज हामी यसको बारेमा जानकारी गराउँदैछौँ ।

आखिर झरनाको पानी किन सेतो देखिन्छ त ? कुनै पनि वस्तुमा सूर्यको प्रकाश परेपछि त्यहाँ ठोक्किएर सूर्यको प्रकाश फर्कने गर्छ । यसरी फर्केको सूर्यको प्रकाश हाम्रो आँखामा परेपछि हामी त्यो वस्तुलाई देख्छौँ ।

त्यसैगरी पानीबाट पनि सूर्यको प्रकाश ठोक्किएर फर्कने गर्छ । समथर रुपमा बगेको पानीले एउटा ऐनाको जस्तो काम गर्छ ।

जसरी सूर्यबाट प्रकाश आउँछ, त्यसरी नै त्यो प्रकाश र्फने गर्छ । त्यसैले त्यो बिनारङ्गको देखिन्छ ।

तर, झरनाबाट झरेको पानी भने विभिन्न थोपाहरुमा टुक्रिने हुनाले ती पानीका थोपाहरुले प्रकाशलाई विभिन्न कोणमा परावर्तित गर्छन् । त्यही भएर तिनीहरु सेता देखिने गर्छन् ।

सूर्यको प्रकाश विभिन्न कोणमा बाङ्गिएर हाम्रो आँखामा पर्‍यो भने त्यो सेतो रङ्गको देखिन्छ ।

यो कुरा ऐनामा पनि लागू हुन्छ । चिल्लो सतह भएको ऐना रङ्गहीन देखिन्छ । तर, त्यही ऐनाको सतहलाई खस्रो बनाउने हो भने त्यहाँबाट पनि प्रकाश विभिन्न कोणमा बाङ्गिएर फर्कने हुँदा त्यो पनि सेतो देखिन्छ ।

त्यसैगरी, बादल र हुस्सुमा पनि पानीका विभिन्न थोपाहरू हुन्छन् । त्यसैले ती पनि सेतै देखिन्छन् । एजेन्सिहरुको सहयोगमा

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १ : १६ बजे

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

दमक- राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा

वडा भू–प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कर्मचारीलाई प्रक्रिया र प्रणाली सम्बन्धी तालिम सुरु 

काठमाडौं– वडाबाट भू–प्रशासन सेवा प्रारम्भ गर्न काठमाडौं महानगरपालिकाले कर्मचारीहरूका लागि

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

केही शक्ति संघीयता असफल बनाउने षड्यन्त्र गरिरहेका छन् : उपेन्द्र यादव

सप्तरी- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–