डिजिटल भुक्तानीमा भ्याट छुट हटाइदिँदा ट्रान्जेक्सन महँगो भयो : सांसद गौतम  « Khabarhub

डिजिटल भुक्तानीमा भ्याट छुट हटाइदिँदा ट्रान्जेक्सन महँगो भयो : सांसद गौतम 


६ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवा प्रदायकलाई सरकारले भ्याट छुटको दायराबाट हटाएपछि सेवाग्राहीलाई भार पर्न गएको बताएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले डिजिटल भुक्तानी सेवाहरूका लागि भ्याट छुट हटाइदिएका कारण डिजिटल ट्रान्जेक्सन महँगो भएको बताइन् ।

‘सरकारले नेपाल क्लियरिङ हाउस, फोन–पेजस्ता डिजिटल भुक्तानी सेवा प्रदायकलाई भ्याट छुटको दायराबाट हटाएपछि यसको भार सेवाग्राहीलाई परेको छ,’ सांसद गौतमले भनिन्, ‘डिजिटल भुक्तानी सेवाहरूको लागि भ्याट छुट हटाइदिएका कारण हाम्रो डिजिटल ट्रान्जेक्सन महँगो भएको छ ।’

उनले डिजिटल भुक्तानी प्रयोग गर्ने उपभोक्ताका लागि १० प्रतिशत फिर्ता गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

‘डिजिटल नेपाल फ्रेमवर्कसँग मेल खाने गरी कर नीतिहरूलाई क्यासलेस इकनोमीको लक्ष्यलाई समर्थन गर्ने गरी सुनिश्चित गर्नका लागि सभामुखमार्फत् सम्बन्धित  निकायको ध्यानाकर्षण गराउँदछु,’ गौतमले भनिन् ।

पहिले निःशुल्क हुने सरकारी लेनदेनहरू अब भ्याटअन्तर्गत पर्दा सार्वजनिक सेवाहरूको लागत पनि बढ्दै गएको भन्दै उनले वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्न डिजिटल लेनदेनमा भ्याटको आवश्यकतालाई पुनः मूल्यांकन गर्न आवश्यक रहेको बताइन् ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ४ : २६ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार