ओलीको जवाफ : दमक भ्यू टावरको लगानीलाई बालुवामा पानी हालेको नभनौँ « Khabarhub

ओलीको जवाफ : दमक भ्यू टावरको लगानीलाई बालुवामा पानी हालेको नभनौँ


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दमक बजारनजिकै निर्मित बिजनेस कम्प्लेक्सलाई भ्यू टावर भन्न नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा झन्डै दुई अर्बमा निर्मित संरचनाबारे प्रश्न उठेपछि जवाफमा यसो भनेका हुन् ।

‘व्यापारिक गतिविधिलाई सहयोग पुर्‍याउने उदेश्यले झापाजिल्लाको दमक नगरपालिका वडा नं. ३ मा करिब ५ विगाह क्षेत्रफलको जग्गामा दमक बिजनेस कम्प्लेक्सको रूपमा यस भवनको परिकल्पना गरिएको थियो’, उनले भने, ‘यो योजनाको नाम दमक भ्यूटावर भए पनि प्रमुख रूपले व्यापारिक तथा पर्यटकीय दृष्टिकोणले मिश्रित हिसाबले उपयोग गर्न सकिने गरी डिजाइन भएको छ ।’

उनले टावरको लागत १ अर्ब ७९ करोड ४८ लाख बताए । ‘सञ्चालन कार्यविधि निर्माण गरी यसलाई छिट्टै सञ्चालनमा ल्याउने सरकारको तयारी छ। यसभित्र व्यापारिक पसलहरू, कर्पोरेट अफिसहरू, सेमिनार हल, प्रदर्शनीकक्ष, विभिन्न स्थानीयजातिको संस्कृतिसँग सम्बन्धित संग्र्रहालय समेत रहनेगरि सञ्चालनमा ल्याइनेछ’, उनले भने, ‘निकट भविष्यमा यस क्षेत्र वरपर व्यवस्थित बस्ती विकासको माध्यमबाट स्थानीय तथा बाह्य क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।’

उनले दमक बजार, मोरङको उर्लाबारी, मधुमल्लालगायतबाट सहज आवतजावत हुने गरी सडक सञ्जालविकास गरिने पनि बताए । ‘आगामी दिनमा यस भवनको व्यापारिक उपयोग तथा सञ्चालनबाट यसको लागत असुली हुनाका साथै दीर्घकालीन रूपमा यसले स्थानीय रोजगारी सिर्जना गर्नेछ । यो निर्माणलाई नकारात्मक प्रचार गरेर बालुवामा पानी हालियो भन्ने कुरा यथार्थमा आधारित छैनन् ।’

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ५ : ४९ बजे

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२-८३ को

भारत र रूस एसयु-५७ लडाकु विमान खरिदका लागि सम्झौतानजिक

नयाँदिल्ली- भारत र रूसबीच एसयु-५७ लडाकु विमान खरिदसम्बन्धी सम्झौतामा आज

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ– लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल

स्विट्जरल्यान्डमा बस दुर्घटना

एजेन्सी– पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना