गैरआवासीय नेपाली नागरिकता पूर्णकार्यान्वयनमा पहल « Khabarhub

गैरआवासीय नेपाली नागरिकता पूर्णकार्यान्वयनमा पहल


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका सम्बन्धमा पहल गरिएको छ ।

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखक, संविधानसभा सदस्यहरू वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, डा. खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्व सदस्य राम नारायण बिडारी र पूर्व महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल वक्ताका रूपमा थिए ।

सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरेता पनि अझै उक्त अधिकार प्राप्त हुन नसकेको भन्दै ध्यानाकर्षण गराइएको हो ।

संविधानतः गैरआवासीय नेपालीहरूले नागरिकता प्राप्त गरिरहेको भए पनि त्यसमा उल्लेखित अधिकारहरू प्राप्त भएका छैनन् । गैर आवासीय नेपाली नागरिकता लिने क्रममा सम्बन्धित निकायहरूमा अझ केही अस्पष्टता देखिएकोले नागरिकता  लिनको लागि समस्या भएको छ भने नागरिकता प्राप्त गरिसकेपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण प्रयोग गर्न पाइएको छैन ।

कार्यक्रममा अध्यक्ष डा केसीले ठूलो सङ्घर्षपछि सरकारले नागरिकता प्राप्तिको लागि बाटो खुला गरेको भए पनि सम्बन्धित निकायमा समयमै परिपत्र नहुँदा समस्या भोग्नुपरेको बताए ।

उक्त अवसरमा  गृहमन्त्री लेखकले सरकारले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका समस्या समाधान गर्दै  सम्बन्धित निकायमा छिट्टै आवश्यक  परिपत्र गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमका अन्य वक्ताले समेत गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका कानूनी अड्चन हटाउन सक्दो पहल गर्ने बताए । उक्त अन्तरक्रियामा नेपालको विद्यमान कानुनमा  रहेका समस्याहरू, कानुन तथा नियमावली संशोधनका उपायहरू तथा अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत् छलफल गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीसहित, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई, सल्लाहकार अतुल कोइराला,  संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, पूर्व उपाध्यक्ष (एनसीसी बेल्जियम) तीर्थ धमला, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत अधिकृत कुनाल मिश्र,संघका तर्फबाट गैर आवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ६ : ५९ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये