डोलेश्वरमा ३८ दिने मेला समापन, ८५ लाख सङ्कलन « Khabarhub

डोलेश्वरमा ३८ दिने मेला समापन, ८५ लाख सङ्कलन


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणाी मेला सम्पन्न भएको छ । साउन १ गतेदेखि सुरु भएको मेला आजदेखि सम्पन्न भएको हो ।

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।

आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएकोमा आज १५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेको मन्दिरमा बताउँदै उहाँले यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र पसेर शिला छोएर पूजा गर्ने व्यवस्था गरेको बताए।

साउने मेलामा नेपाल, भारतलगायत देशका भक्तजनको आगमन भएको भन्दै भारतीय भक्तजनको उपस्थिति हरेक वर्ष बढ्दै गएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । श्रावणी मेला अवधिभर डोलेश्वरमा चार लाख भक्तजनको आगमन भएको जानकारी दिँदै उनले ३८ दिने साउनको चार सोमबारमा दैनिक ५० हजारभन्दा बढी भक्तजनको आगमन भएको जानकारी दिए ।

श्रावणी मेलाको अवधिभर मन्दिर आउने भक्तजनबाट दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ सङ्कलन भएको समितिका सचिव कविराम थापाले जानकारी दिए। त्यसमध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनहरूले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट संकलन भएको उनले जानकारी दिए । यस अवधिमा पण्डाल निर्माण, खाना आदिमा १२ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ ।

मेला समापन कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले ३८ दिनसम्म चलेको मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको र कुनै झगडा एवं विवादविना नै सम्पन्न भएको बताए।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक मन्दिर नगरपालिका मात्रै नभएर देश तथा विदेशका पनि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको बताए । धार्मिक तथा पर्यटकीय रुपमा पनि महत्त्व बोकेको मन्दिरको स्थापना दिवसका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने गरेको नगरप्रमुख थापाले बताए ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमल्सिना भट्टराईले मेलाले मन्दिर नजिक बस्ने नगरवासीको स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गरी आर्थिक विकासमा मद्दत पुर्‍याएको बताए ।

वडाध्यक्ष पुष्पराज बस्नेतले स्वयंसेवक, स्वास्थ्यकर्मी साथै सबैको सहयोगले नै मेला सम्पन्न भएको भन्दै मेलाकै अवसरमा आयोजित रक्तदान शिविरमा पाँच सय जनाभन्दा धेरैले रक्तदान गरेको बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ९ : ५३ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्