खुस्माले कमायो साढे २ करोड, उपासना भन्छिन्- ‘खुस्मा २’को माग आयो | Khabarhub Khabarhub

खुस्माले कमायो साढे २ करोड, उपासना भन्छिन्- ‘खुस्मा २’को माग आयो


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरको शीर्ष भूमिका रहेको प्रदर्शनरत फिल्म ‘खुस्मा’ले सुरुवाती तीन दिनमा सुखद व्यापार गरेको छ ।

वितरक गोविन्द शाहीको दाबी अनुसार फिल्मले बिहीबार, शुक्रबार र शनिबारमा दुई करोड ५५ लाखको ग्रस कलेक्सन गरेको हो ।

फिल्मका निर्देशक अशोक थापा मगरका अनुसार प्रदर्शनको दोस्रो दिन फिल्मको व्यापारमा कमी आए पनि तेस्रो दिन शनिबार उत्साहजनक छ ।

निर्देशक मगरका अनुसार बिहीबार ८५ लाख, शुक्रबार ७० लाख र शनिबार १ करोडको व्यापार भएको छ ।

निर्माण पक्षको दाबीअनुसार काठमाडौंमा भन्दा मोफसलमा फिल्मको व्यापार राम्रो छ । फिल्मले तेस्रो दिन शनिबार बिहान ५० प्रतिशत अकुपेन्सीका पाएको थियो । १२ बजेपछि भने ८० प्रतिशतसम्मको अकुपेन्सी पाएको थियो ।

फिल्मका शीर्ष कलाकार काठमाडौंका केही हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छन् । नायक धिरज मगर भने दर्शकबाट आएको प्रतिक्रियाबाट खुसी छन् ।

‘फिल्मको व्यापार राम्रो छ, त्यसमा म खुसी छु । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

त्यस्तै नायिका उपासनाले भने फिल्मले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको बताउँछिन् । भन्छिन्, ‘अधिकांश दर्शकले फिल्म हेरेर रोएको प्रतिक्रिया दिनुभएको छ । हामीले फिल्ममार्फत देखाउनको खोजेको विषय वस्तु दर्शकले रुचाइदिनु भएकाले धेरै खुसी लागेको छ ।’

केही दर्शकले सिक्वेलसमेत माग गरेको उपासनाको दाबी छ । भन्छिन्, ‘कतिले दर्शकले फिल्मको सिक्वेल चाहिन्छ भन्नुभएको छ । यो नै हाम्रो फिल्मको सबैभन्दा ठूलो सफलता हो भन्ने लाग्छ ।’

यस फिल्मले जनयुद्धकालमा मगर समुदायका युवा-युवातीको प्रेम कथा उठान गरेको छ ।

यसको कथा र पटकथा निर्देशक निर्देशक मगर आफैँले लेखेका हुन् । यो उनको डेब्यू निर्देशन हो । केही डकुमेन्ट्री निर्देशन गरेको अनुभवले उनले ठूलो पर्दामा हात हालेका हुन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर हुन् ।

फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचालगायतको अभिनयर रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : १९ बजे

टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’

मजदुरलाई संकट पर्दा पुग्ने नेता कमल गौतम

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौं– एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे,

एनपीएलको दोस्रो दिन दुई भिडन्त : कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

बागलुङ सुम्साका १३२ घरमा धारा छन्, पानी आउँदैन

बागलुङ– २०७६ मा बागलुङको जैमिनी नगरपालिका– ६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत