एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता « Khabarhub

एनएमबि खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपूरबीच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्नेगरि त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका हुन्।

एनएमबि बैंक र डि.भी एक्सेलस प्रा.लिबीच खेती एपमार्फत किसानलाई डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भए बमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेकोमा बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न ब्यक्तिलाई यस डिजिटल कर्जामार्फत कर्जा लगानी सहज बनाउनका लागि तीनै वटा संस्थाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, किसानहरूलाई कर्जाको लागि सहजीकरण गर्ने, ऋणीलाई अन्य विभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने विषयहरूमा सहमति भएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरूलाई कृषि व्यवसायमा उत्प्रेरित गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरू, कृषि अधिकृत लगायत अन्य अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : १३ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौं– नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको