युक्रेन शान्ति सम्मेलनमा रुस सहभागी नहुने « Khabarhub

युक्रेन शान्ति सम्मेलनमा रुस सहभागी नहुने


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले द्वन्द्व समाधानसँग सम्बन्धित नभएकाले रुसले युक्रेनबारे सम्भावित दोस्रो शान्ति सम्मेलनमा भाग नलिने बताएका छन् ।

उनले नोभेम्बरमा दोस्रो शान्ति शिखर सम्मेलन गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको योजनाको जवाफमा उक्त टिप्पणी गरेका हुन् । जेलेन्स्कीले सम्मेलनमा रूसी प्रतिनिधिहरूलाई आमन्त्रित गर्ने इच्छा व्यक्त गरेका थिए ।

“रूसी प्रतिनिधिहरू तथाकथित ‘बर्गेनस्टक प्रक्रिया’ अन्तर्गत कुनै पनि बैठकमा सहभागी भएका छैनन् र त्यसो गर्ने योजना पनि छैन । यो प्रक्रियाको वास्तविक द्वन्द्व समाधानसँग कुनै सरोकार छैन”, उनले मन्त्रालयको वेबसाइटमा भने ।

शिखर सम्मेलनको उद्देश्य द्वन्द्व समाधानको एकमात्र आधारका रूपमा अव्यावहारिक जेलेन्स्की सूत्रलाई प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय समर्थन खोज्ने र रूसलाई आत्मसमर्पणका लागि अल्टिमेटम जारी गर्ने मञ्चका रूपमा प्रयोग गर्नु रहेको प्रवक्ता जाखारोभाको भनाइ थियो ।

उनले सङ्कटको कूटनीतिक समाधानलाई रुसले अस्वीकार नगरेको भन्दै विकसित भू–राजनीतिक यथार्थ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १४ मा प्रस्ताव गरेको पहललाई प्रतिबिम्बित गर्ने गम्भीर प्रस्तावहरूमा छलफल गर्न खुला रहेको बताए ।

उनका अनुसार रुस र उसको हितलाई ध्यानमा नराखी न्यायपूर्ण तथा दिगो समाधान हासिल गर्न असम्भव छ ।

कुर्स्क क्षेत्रमा भर्खरै युक्रेनी आक्रमण र रूसी भू–भागमा प्रहार गर्न लामो दूरीका नाटो हतियारहरूको प्रयोगलाई उदाहरण दिँदै जाखारोभले किएभ र पश्चिमी मुलुकहरूले शान्तिभन्दा युद्धमा ध्यान केन्द्रित गरेको भनी आलोचना गरे।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ३० बजे

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ

पदाधिकारी र केन्द्रीय कमिटी बढाएसँगै एमालेको बन्दसत्र सुरू

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको साधारण सदस्यबाट निलम्बन

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई साधारण सदस्यबाट

सभामुख घिमिरेले भने- सरकारले संसद् विघटन गरेर संसदीय व्यवस्थामाथि प्रहार गर्‍यो

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान सरकारले संसद् विघटन गरेर