मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : ८४ जनाको उद्धार « Khabarhub

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : ८४ जनाको उद्धार


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गरेका थिए । उद्धारकार्य असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिए ।

‘मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म कोशी र मधेस प्रदेशमा सकाएका छौँ । कोशी प्रदेशबाट ४४ जना र मधेस प्रदेशबाट ४० जनाको उद्धार गरेका छौँ’, उनले भने, ‘मङ्गलबारदेखि भने बागमती प्रदेशमा रहेकाहरूको उद्धारकार्य अघि बढाइनेछ ।’

अध्यक्ष अधिकारीले कोशी र मधेस प्रदेशका उद्धार गरिएका सडकमा आश्रित मानवहरूलाई सरसफाइ र औषधोपचारपछि सोही प्रदेशमा रहेका मानव सेवा आश्रमका सेवा केन्द्रमा राखिएको जानकारी दिए ।

मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका सहसंयोजक प्रकाश थारूले उद्धार यात्राअन्तर्गत सोमबार वीरगञ्जबाट सडकमा आश्रित तीन जनाको उद्धार गरिएको जानकारी दिए ।

मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतमले मानवसेवा आश्रम वीरगञ्जमा अहिले ५४ जनाले आश्रयस्थल पाउँदै आएको जानकारी दिए ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गरेको छ । अहिले मानव सेवा आश्रममा एक हजार सात सय ९७ जनाले आश्रय लिँदै आइरहेका छन् । आश्रमले विगत १२ वर्षको अवधिमा १० हजार चार सय ९७ जनाको सडकबाट उद्धार गरेको जनाएको छ । जसमध्ये चार हजार एक सय ४६ जनाको पारिवारिक पुनःमिलन गराएको छ । त्यस्तै एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पनि पारिवारिक पुनःमिलन गराएर घर पठाएको छ । त्यस्तै पाँच जना बङ्गलादेशी नागरिकलाई पनि पारिवारिक मिलन गराइसकेको छ । आश्रममा रहेका एक हजार तीन सय ३७ जनाको भने मृत्यु भइसकेको छ ।

आश्रमका अध्यक्ष अधिकारीले सडकबाट उद्धार गरिएकामा ६० प्रतिशत मानिसमा मानसिक समस्या देखिएकाले औषधोउपचार र अन्य व्यवस्थापन गर्न आर्थिक चुनौती कायमै रहेको गुनासो गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : ०१ बजे

भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो

नयाँदिल्ली- मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमाथि थप दबाब

अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

चितवन– बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ल्याउन तथा लिन आउने सवारीसाधनले १५

स्वर्णिमले भने- ४८ सालपछि पहिलोपटक महत्वाकांक्षी आर्थिक सुधार भएको छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनः स्थापित

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा