दाङमा धान उत्पादन बढ्यो | Khabarhub Khabarhub

दाङमा धान उत्पादन बढ्यो


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

केन्द्रका  सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त वर्षा र समयमै मलको उपलब्धताले उत्पादन बढेको हो ।

यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ जातका धान लगाएका थिए । स्थानीय जातका धानका खेती गरेका थिए ।

जिल्लाको ३९ हजार चार सय हेक्टर जग्गा धानखेतीका लागि उपयुक्त भए पनि ३६ हजार  पाँच सय हेक्टरमा मात्र धानखेती सीमित छ । किसानले धान रोप्ने खेतमा मौसमी र बेमौसमी सागसब्जी लगाउने गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ०५ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ