बीआरआईबारे कांग्रेसको अडान : अनुदान नआउने भए चीनसँग ऋणको कुरा नगरौँ « Khabarhub

बीआरआईबारे कांग्रेसको अडान : अनुदान नआउने भए चीनसँग ऋणको कुरा नगरौँ


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरू ऋणमा लिन नहुने अडान लिएको छ ।

शुक्रबार कांग्रेसले आयोजना गरेको ‘विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरू’बारे छलफलमा चीनको बीआरआईअन्तर्गतका परियोजना ऋणमा लिन नसकिने स्पष्ट पारेको हो ।

छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको समझदारी पत्रमा आफैँले हस्ताक्षर गरेको स्मरण गरेका छन् ।

उनले समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुरा उल्लेख भए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताए ।

डा. महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् ।

‘हामीले बीआरआई हुँदैन भनेको छैनौँ । मैले तै समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुरा छन्’, उनले भने, ‘कस्तो सहयोग गर्ने भन्ने कुरा आउँछ, कनेक्टिभिटीको कुरा आउँदा सुरुङमार्ग र सडकमा अनुदान सहयोग दिनुपर्यो । अनुदानमै धेरै प्रतिबद्धता गरेको चीन सरकारले कयौँ वर्षदेखि त्यसलाई कार्यान्वयन गरेको छैन ।’

डा. महतले अनुदान नै कार्यान्वयन नभएको अवस्थामा ऋणको कुरा गरेर के अर्थ नहुने बताए । चिनियाँ सरकारसँग मात्रै होइन, जुनसुकै सरकारसँग पनि अहिले ऋण लिने कुरामा जान नहुने उनले बताए ।

यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको सम्झौता तयारी गरेपनि अर्को सत्तारुढ दल कांग्रेस तयार नहुँदा यो विषयले सत्तारुढ दलहरूबीच मतभेद देखिएको छ ।

बीआरआईको यो विषयलाई समाधान गरेर स्पष्ट खाका तयार गर्न कांग्रेस र एमालेले गगन थापा र डा. युवराज खतिवडालाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : ३६ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको