बीआरआईबारे कांग्रेसको अडान : अनुदान नआउने भए चीनसँग ऋणको कुरा नगरौँ « Khabarhub

बीआरआईबारे कांग्रेसको अडान : अनुदान नआउने भए चीनसँग ऋणको कुरा नगरौँ


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गतका परियोजनाहरू ऋणमा लिन नहुने अडान लिएको छ ।

शुक्रबार कांग्रेसले आयोजना गरेको ‘विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरू’बारे छलफलमा चीनको बीआरआईअन्तर्गतका परियोजना ऋणमा लिन नसकिने स्पष्ट पारेको हो ।

छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईको समझदारी पत्रमा आफैँले हस्ताक्षर गरेको स्मरण गरेका छन् ।

उनले समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुरा उल्लेख भए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताए ।

डा. महतले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै र अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन् ।

‘हामीले बीआरआई हुँदैन भनेको छैनौँ । मैले तै समझदारीपत्रमा हस्ताक्षर गरेको हो । त्यो हस्ताक्षरमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुरा छन्’, उनले भने, ‘कस्तो सहयोग गर्ने भन्ने कुरा आउँछ, कनेक्टिभिटीको कुरा आउँदा सुरुङमार्ग र सडकमा अनुदान सहयोग दिनुपर्यो । अनुदानमै धेरै प्रतिबद्धता गरेको चीन सरकारले कयौँ वर्षदेखि त्यसलाई कार्यान्वयन गरेको छैन ।’

डा. महतले अनुदान नै कार्यान्वयन नभएको अवस्थामा ऋणको कुरा गरेर के अर्थ नहुने बताए । चिनियाँ सरकारसँग मात्रै होइन, जुनसुकै सरकारसँग पनि अहिले ऋण लिने कुरामा जान नहुने उनले बताए ।

यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको सम्झौता तयारी गरेपनि अर्को सत्तारुढ दल कांग्रेस तयार नहुँदा यो विषयले सत्तारुढ दलहरूबीच मतभेद देखिएको छ ।

बीआरआईको यो विषयलाई समाधान गरेर स्पष्ट खाका तयार गर्न कांग्रेस र एमालेले गगन थापा र डा. युवराज खतिवडालाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : ३६ बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि