चीनको बीआरआईलक्षित प्रधानमन्त्रीको भनाइ : अहिले सकेसम्म कतैबाट ऋण लिँदैनौँ « Khabarhub

चीनको बीआरआईलक्षित प्रधानमन्त्रीको भनाइ : अहिले सकेसम्म कतैबाट ऋण लिँदैनौँ


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न (मंसिर १७ गदेखि) चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन्।

नेकपा (एमाले)को उपत्यकास्थित तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्न मात्रै नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे ।

ओलीले सम्बोधनका क्रममा अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताएका छन् ।

चीनले अघि बढाएको बीआरआई परियोजनाअन्तर्गत तत्काल ऋण लिन नहुनेअडान अर्को सत्तारुढ दल नेपाली कांग्रेसले लिइरहेको छ ।

यदि चीनले अनुदानमा बीआरआई अघि बढाउन तयार भएमा सहमत हुन सकिने कांग्रेसको अडानपछि ओलीको यस्तो भनाइ आएको हो।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : २३ बजे

बेत्रावतीको एउटै घरमा २२ शव सडिसक्दासम्म कहाँ थियो सरकार ?

काठमाडौं- नुवाकोट र रसुवाको सीमावर्ती बेत्रावती अहिले बजार रहेन। यो

बाढीपीडितको समस्या समाधान गर्न सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति

काठमाडौं– बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि केन्द्र, प्रदेश र स्थानीय

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला