साबिक विजेता सिटीको खराब प्रदर्शन जारी « Khabarhub

साबिक विजेता सिटीको खराब प्रदर्शन जारी


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीको खराब प्रदर्शन कायम रहेको छ। शनिबार राति भएको खेलमा अस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २-१ ले हरायो। भिल्लाका लागि जोहन डुरान र मोर्गन रोजर्सले गोल गरे। सिटीका लागि अन्तिम समयमा फिल फोडेनले गोल गरेका हुन्।

पछिल्ला १२ खेलमा सिटीले नौ पराजयको सामना गरेको छ। लगातार आठ अबे खेलमा सिटी विजयहीन भएको छ। पहिलो हाफमा नै इमा मार्टिनेजले फाडेनको प्रहरलाई रोकेर भिल्लाको संकट टारेका थिए।

अन्य खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई २-०, न्यु क्याशलले इप्सबिच टाउनलाई ४-० तथा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-१ ले हराए। ब्रिङटन र वेस्टहाम बीचको खेलमा १-१ गोलको बराबरी भयो।

प्रिमियर सिपको अंक तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलको १५ खेलमा ३६ अंक छ। दोस्रो स्थानमा रहेको चेल्सीको १६ खेलमा ३४ अंक छ। तेस्रो स्थानको आर्सनलको १७ खेलबाट ३३ अंक छ।

नटिङघम फरेस्टको १७ खेलमा ३१ तथा अस्टन भिल्लाको १७ खेलमा २८ अंक छ। १७ खेलमा २७ अंकसहित सिटी छैटौँ स्थानमा छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : २७ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका