रवि पत्नी निकिताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा « Khabarhub

रवि पत्नी निकिताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा अघि बढेको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी आरोपमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेसँगै पत्नी निकितालाई पनि प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता गराएको हो ।

पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको हो । उनको नाममा देखिएको अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजन शीर्षकमा निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

यस प्रयोजनका लागि निकितासहित पद्‌मा बञ्जाडे, रोचक जोशी, राधा पछाई र मीना पछाईलाई प्रतिवादी बनाइएको हो । उनीहरूको हकमा अदालतबाट कानुन बमोजिम हुने गरी मुद्दा अघि बढाइएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

रवि, छविलाल जोशी र गितेन्द्रबाबु राईसहितका प्रतिवादीहरूविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबीसहित मुद्दा चलाइएको हो ।

सहकारी ठगीमै मुछिएका अन्य प्रतिवादीहरू लीला पछाई र विश्वविक्रम राईविरुद्ध नेपालमा अवैध रहेको क्रिप्टो कारोबारअन्तर्गत अर्को मुद्दा पनि चलाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  २ : २७ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका