पाँच महिनामा झन्डै ६ खर्बको आयात « Khabarhub

पाँच महिनामा झन्डै ६ खर्बको आयात

वैदेशिक व्यापारमा १.५२ प्रतिशतले थपियो घाटा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्षको तुलनामा नेपालको वैदेशिक व्यापार बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा नेपालको वैदेशिक व्यापार ४.२१ प्रतिशतले वृद्धि भएको देखिएको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालको नेपालमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको भएको छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ प्रतिशत बढीले आयातमा वृद्धि भएको छ ।

वैदेशिक व्यापारमा भएको वृद्धिसँगै निर्यातमा पनि सुधार भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिना अवधिमा नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रूपैयाँको विभिन्न वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यातमा १६.५४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालबाट ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

समीक्षा अवधिमा नेपालको तर्फबाट भएको कुल वैदेशिक व्यापारमा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : ४१ बजे

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६