पाँच महिनामा झन्डै ६ खर्बको आयात « Khabarhub

पाँच महिनामा झन्डै ६ खर्बको आयात

वैदेशिक व्यापारमा १.५२ प्रतिशतले थपियो घाटा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्षको तुलनामा नेपालको वैदेशिक व्यापार बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा नेपालको वैदेशिक व्यापार ४.२१ प्रतिशतले वृद्धि भएको देखिएको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालको नेपालमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको भएको छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ प्रतिशत बढीले आयातमा वृद्धि भएको छ ।

वैदेशिक व्यापारमा भएको वृद्धिसँगै निर्यातमा पनि सुधार भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिना अवधिमा नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रूपैयाँको विभिन्न वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यातमा १६.५४ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा नेपालबाट ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

समीक्षा अवधिमा नेपालको तर्फबाट भएको कुल वैदेशिक व्यापारमा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : ४१ बजे

मदुरोमाथि ट्रम्पको दबाब

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई

पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा स्थानीय पालिकाहरूमा चित्रकला कार्यशाला एवं