काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी निकितासहित ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ४२७ पृष्ठ लामो अभियोगपत्र जिल्ला अदालतमा दर्ता गराएको छ।
सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहितका व्यक्ति र कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
उक्त मुद्दामा ३६ जना व्यक्ति र ८ वटा कम्पनीविरुद्ध सरकारी वकिलले मुद्दा गरेको हो ।
प्रतिक्रिया