पेट्रोल इन्जिन सवारी साधनको आयात बढ्यो « Khabarhub

पेट्रोल इन्जिन सवारी साधनको आयात बढ्यो

सरकारलाई भन्सार राजस्व धेरै दिनेमा तेस्रो स्थानमा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम सवारी साधनको आयातमा वृद्धि भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा एक हजार देखि १५ सय सीसी क्षमता भएका १ अर्ब ७२ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको १४ सय ३७ वटा सवारी साधन आयात भएको हो । जुन संख्या गत आर्थिक वर्षको तुलनामा ९१ वटाले बढी हो ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा एक हजार सीसी देखि १५ सय सीसी सम्मको पेट्रोलियम इन्जिन भएका १३ सय ४६ थान गाडी भित्रिएका थिए । जसको आयात मूल्य १ अर्ब ५२ करोड १८ लाख ४० हजार रुपैयाँ रहेको थियो । सरकारले ती संख्यामा सवारी सवारी साधन आयात गर्दा ३ अर्ब ९२ करोड ३ लाख ८५ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको १२ महिनामा नेपालमा पेट्रोलियम इन्जिन भएका २ अर्ब ७३ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको २४ सय ८८ वटा सवारी साधन आयात भएको थियो । जसबाट सरकारले ७ अर्ब ७ करोड ३३ लाख ११ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको थियो ।

पेट्रोलियम इन्जिन भएका सवारी साधनको आयातमा वृद्धि भएसँगै सरकारले राजस्व आम्दानी समेत बढाएको छ । समीक्षा अवधिमा सरकारले आयात गरिएका एक हजार देखि १५ सय सीसीका सवारी साधनबाट चौथो धेरै अर्थात् ४ अर्ब ६३ करोड २९ लाख ७ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा सरकारले सबैभन्दा धेरै भन्सार राजस्व डिजेलको आयातबाट १८ अर्ब ७९ करोड ५२ लाख ७६ हजार रुपैयाँ र पेट्रोलको आयातबाट १७ अर्ब ३४ करोड ९९ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ । भन्सार राजस्व आम्दानीको तेस्रो स्थानमा पेट्रोल इन्जिनका सवारी साधन रहेको देखिन्छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पेट्रोल इन्जिनका सवारी साधनबाट हुने भन्सार राजस्व छैठौं स्थानमा रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : ३८ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा