पेट्रोल इन्जिन सवारी साधनको आयात बढ्यो « Khabarhub

पेट्रोल इन्जिन सवारी साधनको आयात बढ्यो

सरकारलाई भन्सार राजस्व धेरै दिनेमा तेस्रो स्थानमा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम सवारी साधनको आयातमा वृद्धि भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा एक हजार देखि १५ सय सीसी क्षमता भएका १ अर्ब ७२ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको १४ सय ३७ वटा सवारी साधन आयात भएको हो । जुन संख्या गत आर्थिक वर्षको तुलनामा ९१ वटाले बढी हो ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा एक हजार सीसी देखि १५ सय सीसी सम्मको पेट्रोलियम इन्जिन भएका १३ सय ४६ थान गाडी भित्रिएका थिए । जसको आयात मूल्य १ अर्ब ५२ करोड १८ लाख ४० हजार रुपैयाँ रहेको थियो । सरकारले ती संख्यामा सवारी सवारी साधन आयात गर्दा ३ अर्ब ९२ करोड ३ लाख ८५ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको १२ महिनामा नेपालमा पेट्रोलियम इन्जिन भएका २ अर्ब ७३ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको २४ सय ८८ वटा सवारी साधन आयात भएको थियो । जसबाट सरकारले ७ अर्ब ७ करोड ३३ लाख ११ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको थियो ।

पेट्रोलियम इन्जिन भएका सवारी साधनको आयातमा वृद्धि भएसँगै सरकारले राजस्व आम्दानी समेत बढाएको छ । समीक्षा अवधिमा सरकारले आयात गरिएका एक हजार देखि १५ सय सीसीका सवारी साधनबाट चौथो धेरै अर्थात् ४ अर्ब ६३ करोड २९ लाख ७ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा सरकारले सबैभन्दा धेरै भन्सार राजस्व डिजेलको आयातबाट १८ अर्ब ७९ करोड ५२ लाख ७६ हजार रुपैयाँ र पेट्रोलको आयातबाट १७ अर्ब ३४ करोड ९९ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ । भन्सार राजस्व आम्दानीको तेस्रो स्थानमा पेट्रोल इन्जिनका सवारी साधन रहेको देखिन्छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पेट्रोल इन्जिनका सवारी साधनबाट हुने भन्सार राजस्व छैठौं स्थानमा रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : ३८ बजे

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित