४४ नम्बरकी प्रतिवादी निकिता : घरदेखि बैंकको रकमसमेत जफत गर्न माग | Khabarhub Khabarhub

४४ नम्बरकी प्रतिवादी निकिता : घरदेखि बैंकको रकमसमेत जफत गर्न माग


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको छ।

सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा आइतबार दायर गरेको ४२७ पृष्ठको पूरक अभियोगमा निकितालाई अन्तिम अर्थात् ४४ नम्बरमा प्रतिवादी बनाइएको छ ।

जहाँ निकितालाई मुख्य कसुरदारका रुपमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको हो । सम्पत्ति जफत प्रयोजनका लागि निकितासँगै पद्मा बन्जाडे जोशी, रोचक चौधरी, राधा पछाई र गीता पछाईलाई पनि प्रतिवादी कायम गरिएको छ ।

सरकारी वकिलले दर्ता गरेको अभियोग पत्रमा सम्पत्ति जफत तर्फ प्रतिवादी बनाउँदै निकिताको नाममा रहेको काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ स्थिसत कित्ता नम्बर २४४ को पाँचआनामा निर्मित ३ करोड ८५ लाख रुपैयाँ बराबरको घर जफत गर्न माग गरिएको छ । उक्त घर निकिताले २०७६ मंसिर २३ गते किनेको पनि खुलेको छ ।

त्यसैगरी काभ्रेपलाञ्चोक नाल्दुम बालुवाटा-९ स्थित रवि लामिछानेको नाममा रहेको कित्ता नम्बर ४८० को १ रोपनी १ आना १ पैसा १ दाम जग्गा पनि जफत हुनुपर्ने दाबी सरकारी वकिलले अभियोग पत्रमा गरेको छ । जुन जग्गा २०५३ मा अंशबन्डाबाट प्राप्त गरेको रविले उल्लेख गरेका थिए ।

सरकारी वकिलले रवि र निकिताको बैंक खाताहरूमा रहेको ७ लाख ७४ हजार ७७४ रुपैयाँ ५९ पैसाको पनि स्रोत नखुलेकाले जफत हुनुपर्ने दाबी अभियोग पत्रमा गरेको छ ।

सरकारी वकिलले प्रतिवादीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन समेत) को दफा ३० को उपदफा (८) बमोजिम सजाय हुन मागदाबी गरेको छ।

जीबी राई समूहले देशका विभिन्न स्थानमा सहकारी खोलेर गोर्खा मिडिया नेटवर्कमा गैरकानुनी रुपमा लगेको ७५ करोड रूपैाँ कम्पनीका प्रवन्ध निर्देशक रविले एकलौटी परिचालन गरेको पनि खुलेको छ ।

उक्त रकममध्ये निकिताको खातामा ३५ लाख र उनका बाबु तथा रविका ससुरा गोपीकृष्ण मुभिजका मालिक उद्धव पौडेलको खातामा ५० लाख जम्मा गरेको पनि प्रहरीको अनुसन्धानबाट भेटिएको छ ।

उक्त रकम अहिले खातामा नरहेको खुलेको छ । त्यो रकम क्रिप्टो र हुण्डीमार्फत विदेश लगिएको हुनसक्ने अनुमान प्रहरीको छ ।

आइतबार रवि र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित ४४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । उनीहरूलाई सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छ ।

यसअघि लामिछाने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका बेला श्रीमती निकिताले सामाजिक सञ्जालमा बोल्दै गुनासो गरेकी थिइन् ।

निकिताले आफ्ना बुवासँगको एउटा संवाद पनि सेयर गर्दै मिडिया ट्रायल भएको गुनासो गरेकी थिइन् । उनले त्यसबेला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै आएको जिकिर गरेकी थिइन् ।

‘कुनै मिडियाले १५ करोड, कुनैले २५ करोड त कसैले ५० करोड लेखेका छन् । मेरो सम्पूर्ण बैंकिङ विवरण प्रहरीले भेरिफाइ गरिसकेको छ । यस्तो संवेदनशील विषयमा मिडियाले किन यति संवेदनहीन रिपोर्टिङ गरेका होलान्? समाचार लेख्दा अनुमानभन्दा पनि सत्यतथ्य बुझ्न खोज्नुपर्‍थ्यो’, उनले भनेकी थिइन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : ५४ बजे

रविको हिरासत तस्बिर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

भारतीय गायक सोनु निगम नेपाल आउँदै

काठमाडौं – भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार

रविको सांसद पद निलम्बन पत्रबारे खनाल भन्छन् : सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

काठमाडौं – नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा

रविको सांसद पद निलम्बन गर्न पठाएको पत्रमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि