रुबीभ्यालीका तत्कालीन प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

रुबीभ्यालीका तत्कालीन प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङ विरुद्ध १० लाख ८९ हजार नौ सय ८९ बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी, रुबीभ्याली गाउँपालिकाका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ ।

स्थानीय पागोदेखि स्कूलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङविरुद्ध पनि १० लाख ८९ हजार नौ सय ८९ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ५३ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको