मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन « Khabarhub

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा अचेत फेला परेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो । सुतेकै ठाउँमा अचेत फेला परेकी उनलाई परिवारका सदस्यले तुरुन्त अस्पताल लगेका थिए । उनको हृदयघातका कारण निधन भएको बुझिएको छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।

उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : ५९ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण