महोत्तरीको सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर « Khabarhub

महोत्तरीको सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा तीन हजार बढी पशुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाको आर्थिक एवं प्राविधिक सहयोगमा सम्सी– २ र ५ मा आइतबार आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा एक हजार सात सय बढी बाख्रा, एक हजार चार सय बढी गाई र भैँसीलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

आयोजनाका प्रमुख युगलकिशोर तिवारीका अनुसार शिविरमा पशुको गर्भ परीक्षण, प्रजनन जाँच, ‘पीपीआर’ खोप, ‘एचएसबीक्यू’ खोप, नाम्ले जुकाको औषधि, ‘लिभर टनिक’, ‘मिनरल’ र ‘भिटामिन’ वितरणलगायतका सेवा प्रदान गरिएको थियो ।

यस क्षेत्रका बढी पशुहरुमा भित्री परजीवी र बाह्य परजीवीका कारण गर्भ नबस्ने समस्या बढी देखिएको उपचारमा संलग्न पशु सेवा विशेषज्ञ मुकेश पण्डितले जानकारी दिए । उनले यस्ता समस्या देखिएका पशुहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै गर्भ बस्ने औषधि वितरण गरिएको बताए ।

त्यस्तै गाई, भैँसीलाई ‘एचएसबीक्यू’ खोप तथा औषधि मार्फत विभिन्न रोगको उपचार गरिएको छ । बाख्रामा ‘पीपीआर ’ खोप र औषधि मार्फत उपचार गरिएको पशु चिकित्सक रामशङ्कर शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : ३६ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको