आज २०८० साल माघ ९ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल माघ ९ गते मंगलबारको राशिफल


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ ९ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी २३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। श्रमको प्रशंसा हुनेछ। हरेक क्षेत्र सफल भए पनि पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारमा खर्च बढेर जानेछ। अन्य क्षेत्र सामान्य छन्।

वृष : दैनिकी सुन्दर छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। मनमा नयाँ सिर्जना हुनेछ। परिवारले परीक्षा लिइरहेको समय हो। तपाईंले नबोलेर जित्नुपर्ने देखिन्छ।

मिथुन : आजको दिन सुखद् छ। हरेक क्षेत्र अब्बल हुने योग छ। शिक्षाको क्षेत्रमा नाम, दाम र सम्मान पाउने योग रहेको छ। ठुलो भाग खोज्ने बानीले घाटा हुनेछ। परिवारको कुरा सुनेर रुष्ट हुने योग रहेको छ।

कर्कट : दैनिकी राम्रो छ। व्यापारबाट फाइदा हुन्छ। हरेक ग्रहगोचर अब्बल छन्। दुई वटा ग्रह राहु र केतुको छाया पारेका कारण अशान्ति सहनुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग रहने छ।

सिंह : दिन सामान्य राम्रो छ। ग्रह गोचर अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ। परिवारको नाममा खर्च गर्नाले घाटा हुने देखिन्छ।

कन्या : समाजमा प्रतिष्ठा मिल्नेछ। प्रतिस्पर्धी धेरै भए पनि तपाईंको सफलता निश्चित छ।परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। श्रम गरेको क्षेत्रमा प्रतिफल प्राप्त हुनेछ।

तुला : समय राम्रो छ। गुमेको धन हात लाग्ने समय छ। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो प्रतिफल मिल्नेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारको साथ र सहयोग रहने छ।

वृश्चिक : दिन सामान्य छ। हरेक क्षेत्रमा बाँधा र अड्चन आए पनि मादक पदार्थ सेवन नगरेमा दिन सफल हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ। आजको दिन ठुलो काममा हात नलगाउनु नै राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मन खुशी हुनेछ। धर्ममा मन जाने देखिन्छ। बोल्दा ख्याल नगर्नाले आफन्त टाढिने छन्। शिक्षाको क्षेत्र राम्रो छ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : दैनिकी सामान्य छ। हरेक क्षेत्र विवादित रहेका छन्। व्यवहार गर्दा चनाखो बन्नुपर्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। आज थोरै बोलेर जित्नु पर्नेछ।

कुम्भ : दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्र अब्बल रहेको छ। संघर्षको प्रतिफल प्राप्त हुने योग रहेको छ। सम्मान गर्ने व्यक्तिसँग भेट हुनेछ।

मीन : दिन समय राम्रो छ। सञ्चित धन संरक्षण गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिने छन्। राम्रो कामको प्रशंसा गरेको सुन्न पाइने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : १० बजे

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध