आज २०८० साल माघ ९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल माघ ९ गते मंगलबारको राशिफल


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ ९ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी २३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। श्रमको प्रशंसा हुनेछ। हरेक क्षेत्र सफल भए पनि पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारमा खर्च बढेर जानेछ। अन्य क्षेत्र सामान्य छन्।

वृष : दैनिकी सुन्दर छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। मनमा नयाँ सिर्जना हुनेछ। परिवारले परीक्षा लिइरहेको समय हो। तपाईंले नबोलेर जित्नुपर्ने देखिन्छ।

मिथुन : आजको दिन सुखद् छ। हरेक क्षेत्र अब्बल हुने योग छ। शिक्षाको क्षेत्रमा नाम, दाम र सम्मान पाउने योग रहेको छ। ठुलो भाग खोज्ने बानीले घाटा हुनेछ। परिवारको कुरा सुनेर रुष्ट हुने योग रहेको छ।

कर्कट : दैनिकी राम्रो छ। व्यापारबाट फाइदा हुन्छ। हरेक ग्रहगोचर अब्बल छन्। दुई वटा ग्रह राहु र केतुको छाया पारेका कारण अशान्ति सहनुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग रहने छ।

सिंह : दिन सामान्य राम्रो छ। ग्रह गोचर अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ। परिवारको नाममा खर्च गर्नाले घाटा हुने देखिन्छ।

कन्या : समाजमा प्रतिष्ठा मिल्नेछ। प्रतिस्पर्धी धेरै भए पनि तपाईंको सफलता निश्चित छ।परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। श्रम गरेको क्षेत्रमा प्रतिफल प्राप्त हुनेछ।

तुला : समय राम्रो छ। गुमेको धन हात लाग्ने समय छ। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो प्रतिफल मिल्नेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारको साथ र सहयोग रहने छ।

वृश्चिक : दिन सामान्य छ। हरेक क्षेत्रमा बाँधा र अड्चन आए पनि मादक पदार्थ सेवन नगरेमा दिन सफल हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ। आजको दिन ठुलो काममा हात नलगाउनु नै राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मन खुशी हुनेछ। धर्ममा मन जाने देखिन्छ। बोल्दा ख्याल नगर्नाले आफन्त टाढिने छन्। शिक्षाको क्षेत्र राम्रो छ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : दैनिकी सामान्य छ। हरेक क्षेत्र विवादित रहेका छन्। व्यवहार गर्दा चनाखो बन्नुपर्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। आज थोरै बोलेर जित्नु पर्नेछ।

कुम्भ : दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्र अब्बल रहेको छ। संघर्षको प्रतिफल प्राप्त हुने योग रहेको छ। सम्मान गर्ने व्यक्तिसँग भेट हुनेछ।

मीन : दिन समय राम्रो छ। सञ्चित धन संरक्षण गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिने छन्। राम्रो कामको प्रशंसा गरेको सुन्न पाइने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : १० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा