आज फलफूल तथा तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

समितिकाअनुसार आज हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, कालो अंगुर २८०, केरा दर्जनको १२०, अनार २५०, किबी ३००, एभोकाडो २५०, अमला ८०, स्ट्रबेरी ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ५०, लोकल सानो गोलभेडा १४, अदुवा १६०, रातो आलु ३३, रातो भारतीय आलु २८ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाँजर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लौका ६०, लोकल सेतो मूला १०, रातो मूला १५, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी १३०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिले गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७८, हरियो प्याज १००, पुदिना ३२०, ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ । यस्तै, लाम्चो भान्टा ६०, भिण्डी ८०, र हरियो धनियाँ ९० रुपैयाँ पाइने समितले जनाएको छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र