सरकारलाई एमालेको ७५१ मागसहितको ज्ञापनपत्र | Khabarhub Khabarhub

सरकारलाई एमालेको ७५१ मागसहितको ज्ञापनपत्र


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को क्रममा प्राप्त भएका जनताका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलले मध्यपहाडका समस्या, सम्भावना र चुनौती समेटिएका ७५१ वटा मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

पार्टी अध्यक्ष ओलीले नागरिकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङको १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७ सय ५१ वटा माग प्रधानमन्त्रीलाई बुझाएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञापनपत्रमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय समेटिएका छन् ।

ओलीले नागरिकबाट आएका मागलाई सरकारको नीति तथा कार्यक्रम समावेश गरी कार्यान्वयन गर्न माग गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताए ।

प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको समेत बताए ।

मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको प्रधानमन्त्रीको भनाइ छ ।

उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

एमालेले गत मङ्सिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म पदयात्रा गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : ०६ बजे

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई

म्याग्दीको बेनी–पुरुण्डी सडकखण्डमा कालोपत्र

म्याग्दी- म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको

मुलुकका अधिकांश भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं– यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको

त्रियोग चेस सम्पन्न

काठमाडौं – त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर