आहा रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा थ्री स्टार र सहारा भिड्ने « Khabarhub

आहा रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा थ्री स्टार र सहारा भिड्ने


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजबाट पोखरामा सुरु हुँदैछ ।

उद्घाटन खेलमा सहिद स्मारक ए डिभिजन लिग टोली थ्री स्टार क्लब र आयोजक सहारा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको यो तेस्रो भेट हो ।

यसअघि २०६३ को संस्करणमा थ्रीस्टारले सहारालाई सेमिफाइनलमा ३–० गोलले हराएको थियो भने २०६९ को फाइनलमा थ्री स्टार १–० गोलले विजयी भएको थियो ।

अहिलेसम्म थ्री स्टारले पाँच पटक र सहाराले एकपटक गोल्डकपको उपाधि जितेको छ । प्रतियोगितामा ८ ‘ए’ डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम समेत पाउनेछन्।

यस्तै, प्रिक्वाटरफाइनल खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल माघ २० गते हुनेछ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : ५२ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण