सहकारीको पुँजीबाट स्कुल स्थापना « Khabarhub

सहकारीको पुँजीबाट स्कुल स्थापना


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुभ प्रभात महिला बहुउद्देश्यीय सहकारीले आफ्नो पुँजीबाट स्कुल स्थापना गरेको छ । २०७६ सालमा स्थापित सहकारीले शुभप्रभात बाल संसार नामक स्कुल स्थापना गरेको हो ।

सहकारीको सञ्चालक समितिमा १५ जना महिला छन् । टोखा नगरपालिका वडा न– ३, ५ र ८ गृहिणी तथा साना व्यवसायी महिलाहरू सहकारीमा आबद्ध छन् । 

महिलाहरू आर्थिक रूपले आत्मनिर्भर हुनुपर्छ भन्ने अवधारणाले सहकारीको स्थापना भएको अध्यक्ष लक्ष्मी खनाल शर्माले बताइन् । उनी भन्छिन्, ‘सुरुमा टोल सुधार समुहको महिला समुह बनेको थियो । त्यही समुहले सहकारीका स्थापित गरेको हो ।’ सहकारीमा हाल १४७ जना आवद्ध छन् । 

आफ्नै सेयर सदस्यहरूलाई आयमूलक कार्यमा लगाउन स्कुल स्थापना गरेको उपाध्यक्ष ताराकुमारी लामिछानेले बताइन् । उनी भन्छिन्, ‘सहकारी सदस्यहरु नै कर्मचारी रहने गरी सञ्चालन गरेका छौ । सेयर सदस्य नै शिक्षक हुनुहुन्छ ।’ 

स्कुलमा व्यवस्थापन समितिमा एक जना पुरुष छन् भने बाँकी सबै कर्मचारी महिला नै छन् । स्कुल २०७९ साल माघमा स्थापना भएको हो । टोखा नगरपालिका वडा न–३ मा पिजीदेखि कक्षा २ सम्म दर्ता भएको छ । तर हाल पीजी र नर्सरीको मात्रै कक्षा भइरहेको छ । आगामी वर्ष एलकेजी पनि सञ्चालन हुने लामिछानेले बताइन् ।  

८ लाख रुपैयाँ लगानीबाट सुरु गरेको स्कुलले यो वर्ष आफ्नै भवन बनाउँदै छ । जसमा २५ लाख रुपैयाँ लगानी हुने अध्यक्ष शर्माले बताइन् । साथै, उनले सहकारीको नाफाबाट हरेक वर्ष कक्षा बढाउदै लैजाने योजना भएको सुनाइन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १२ : ५४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई