सुर्तीजन्य पदार्थ बोकेर कार्यालय प्रवेशमा रोक « Khabarhub

सुर्तीजन्य पदार्थ बोकेर कार्यालय प्रवेशमा रोक


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्जसुर्तीजन्य पदार्थ बोकेर प्रवेश गर्न खोजे नेपालगञ्ज उपमहानगरपालिकाले प्रवेशमा रोक लगाउने भएको छ। 

नेपालगञ्ज उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सुरुवाती चरणमा कार्यालयभित्र प्रवेश गर्नेलाई कडाइ गर्ने भएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई प्रवेशद्वारमा नगर प्रहरीले जाँच गर्ने र मुखमा सुर्तीजन्य पदार्थ खाइरहेको छ भने नजिक राखेको डष्टविनमा थुक्न लगाएर मुख कुल्ला गरेर भित्र पठाउने, गोजीमा राखेको छ भने फाल्न लगाउने रणनीति बनाइएको छ।

कसैले सुर्तीजन्य पदार्थ बोकेर भित्र प्रवेश गरेमा सुरुमा चेतावनी दिइने र फेरि पनि फेलापरेमा एक सय रुपैयाँ जरिवाना गर्ने उपमहानगरले जनाएको छ।

नेपालगञ्जका मेयर प्रशान्त विष्टले सुर्तीजन्य पदार्थ रोकथामका लागि सुरुमा उपमहानगरपालिका कार्यालयभित्र आउनेलाई कडाइ गर्न थालेको बताए। मेयर विष्टले चैत्रसम्म सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सचेतनामूलक कार्यक्रमहरू गर्ने र वैशाख १ गतेदेखि कारबाहीको चरणमा जाने बताए।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : १० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई