नयाँ राजनीतिक सम्झौताको आवश्यक : लिङ्देन « Khabarhub

नयाँ राजनीतिक सम्झौताको आवश्यक : लिङ्देन


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको औँल्याए ।

यहाँ आज केही सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष लिङ्देनले भने, “मुलुकमा एकपछि अर्को गरी समस्या बढ्दै गएका छन्, जनतामा निरासा थपिँदो छ, अर्थतन्त्रको अवस्था भनिएजस्तो सुधार नभएकाले व्यवसायी पलायन भइरहेका छन्, देशबाट युवा पलायन रोक्न सकिएको छैन । त्यसैले सबै समस्याको समाधानका लागि मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ ।”

जनताका समस्या जहाँको त्यहीँ रहेका र देशले विकासको गति लिन नसकेकाले नयाँ सोच, सम्झौता र राजनीतिक प्रणालीबिना यथास्थितिबाट कुनै पनि समस्याको समाधान ननिस्कने अध्यक्ष लिङ्देनको तर्क थियो । अर्को एक प्रसङ्गमा उनले राप्रपा जनताका यिनै समस्याको निकास खोज्नका लागि आन्दोलनमा जाने तयारी गरिरहेको जानकारी पनि दिए ।

महँगीदेखि लिएर जनजीविकाका विविध सवालमा राप्रपाले आन्दोलन गर्ने र सो आन्दोलन शान्तिपूर्ण र जनताका पक्षमा हुने अध्यक्ष लिङदेनले बताए । उनले अरु राजनीतिक दलसँगको सहकार्यमा नभई राप्रपाले अहिलेका जनताका समस्याको समाधान खोज्न र देशमा सुशासन कायम गराउनका लागि शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको बताए ।

अध्यक्ष लिङ्देनले राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट गरे । उनले भने, “राप्रपा अब पछि फर्किने अवस्थामा छैन र पहिलेको जस्तो राजतन्त्र खोजेको पनि होइन । देशमा अभिभावकीय भूमिकामा मात्र सीमित रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको छ । यो हाम्रो पुरानै अडान हो ।”

राजा हुनासाथ त्यहाँ प्रजातन्त्र हुँदैन भन्ने भाष्य निर्माण गर्न नहुने भन्दै अध्यक्ष लिङदेनले राजतन्त्र रहेका संसारका कैयौँ देशमा पूर्ण प्रजातन्त्र रहेको र राप्रपा पनि संविधानले निर्दिष्ट गरेको भूमिकामा आलङ्कारिक भूमिकाका राजाको पक्षमा रहेको धारणा राखे ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ५२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम