नयाँ राजनीतिक सम्झौताको आवश्यक : लिङ्देन « Khabarhub

नयाँ राजनीतिक सम्झौताको आवश्यक : लिङ्देन


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको औँल्याए ।

यहाँ आज केही सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष लिङ्देनले भने, “मुलुकमा एकपछि अर्को गरी समस्या बढ्दै गएका छन्, जनतामा निरासा थपिँदो छ, अर्थतन्त्रको अवस्था भनिएजस्तो सुधार नभएकाले व्यवसायी पलायन भइरहेका छन्, देशबाट युवा पलायन रोक्न सकिएको छैन । त्यसैले सबै समस्याको समाधानका लागि मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ ।”

जनताका समस्या जहाँको त्यहीँ रहेका र देशले विकासको गति लिन नसकेकाले नयाँ सोच, सम्झौता र राजनीतिक प्रणालीबिना यथास्थितिबाट कुनै पनि समस्याको समाधान ननिस्कने अध्यक्ष लिङ्देनको तर्क थियो । अर्को एक प्रसङ्गमा उनले राप्रपा जनताका यिनै समस्याको निकास खोज्नका लागि आन्दोलनमा जाने तयारी गरिरहेको जानकारी पनि दिए ।

महँगीदेखि लिएर जनजीविकाका विविध सवालमा राप्रपाले आन्दोलन गर्ने र सो आन्दोलन शान्तिपूर्ण र जनताका पक्षमा हुने अध्यक्ष लिङदेनले बताए । उनले अरु राजनीतिक दलसँगको सहकार्यमा नभई राप्रपाले अहिलेका जनताका समस्याको समाधान खोज्न र देशमा सुशासन कायम गराउनका लागि शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको बताए ।

अध्यक्ष लिङ्देनले राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट गरे । उनले भने, “राप्रपा अब पछि फर्किने अवस्थामा छैन र पहिलेको जस्तो राजतन्त्र खोजेको पनि होइन । देशमा अभिभावकीय भूमिकामा मात्र सीमित रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको छ । यो हाम्रो पुरानै अडान हो ।”

राजा हुनासाथ त्यहाँ प्रजातन्त्र हुँदैन भन्ने भाष्य निर्माण गर्न नहुने भन्दै अध्यक्ष लिङदेनले राजतन्त्र रहेका संसारका कैयौँ देशमा पूर्ण प्रजातन्त्र रहेको र राप्रपा पनि संविधानले निर्दिष्ट गरेको भूमिकामा आलङ्कारिक भूमिकाका राजाको पक्षमा रहेको धारणा राखे ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ५२ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको