डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर « Khabarhub

डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन् । जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो । 

शिविरको आयोजना गर्नुपूर्व एक हजार तीन सय बिरामी हेर्ने लक्ष्य आयोजकले राखेको थियो । शिविरबाट डोटीमा लामो समयदेखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य नागरिक लाभान्वित भएको जिल्ला अस्पताल डोटीका प्रमुख डा सुजातकुमार मण्डलले बताए।

शिविरमा नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रकाश ज्ञवालीसहितको २५ जनाको टोलीले सेवा दिएको थियो । साथै हेन्डसर्जन डा क्याट्रिन हेगनले पनि सेवा दिएका थिए ।

मेड सोलुशन फाउण्डेसन स्विट्जरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिक अस्पताल, दिपायल सिलगढी नगरपालिका र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : २८ बजे

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि भएको