सङ्क्रमणकालीन न्यायको विषय केही दिनभित्रै टुङ्गो लाग्छ : प्रधानमन्त्री « Khabarhub

सङ्क्रमणकालीन न्यायको विषय केही दिनभित्रै टुङ्गो लाग्छ : प्रधानमन्त्री


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियासँग जोडिएको विषयलाई केही दिनभित्रै टुङ्गो लगाइने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित २३औँ मजदुर बलिदान दिवस एवं पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी केही दिनभित्र समितिबाट सो विधेयकलाई टुङ्गो लगाएर सदनमा लगेर पारित गर्ने तयारीमा रहेको जानकारी दिए । उक्त विधेयक सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति उचित सम्मान हुने उनको भनाइ छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुङ्गिएकाले नै सहिद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पूर्ण रुपमा पाउन नसकेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । शान्ति प्रक्रिया पूरै टुङ्ग्याएपछि जनयुद्ध दिवस पुनःमनाइने र बिदा दिइने उनको भनाइ थियो ।

पहिलो पटक नै जनयुद्ध र सहिदको सम्मान गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राजपत्रमा प्रकाशित हुन नसक्दा सम्मान पाउन नसकेको भए पनि यसपटक सम्बोधन गरिएको उल्लेख गरे । राज्यले यसपटक सम्मान गरेको र छुटेकालाई समावेश गरिएको उनले बताए । राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको ढोका खुलेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

“शान्ति प्रक्रियाका केही काम बाँकी रहेका र टुङ्गो नलागेकाले राज्यबाट पाउनुपर्ने परिपूरण, सम्मान, परिवारलाई रोजगारीलगायत विषयलाई विधेयकमा समावेश गरिएको छ । सबै सहिद, बेपत्ता योद्धाप्रति राज्यका तर्फबाट राष्ट्रिय सम्मान गरिएको र विधेयक पारित भएपछि थप सम्मान प्राप्त हुने छ”, उनले भने ।

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गरी सार्वजनिक बिदा दिइएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सक्रमणकालीन न्यायसँग जोडिएका विषय निष्कर्षमा पुगेपछि पुनः राष्ट्रिय दिवसका रुपमा मनाइने बताए । संविधानमा नै समाजवाद उन्मुख राज्य लेखिएको स्पष्ट पार्दै उनले केही व्यक्ति प्राप्त भएको उपलब्धी उल्ट्याउने कोशिसमा लागेका भए पनि त्यो सफल नहुने बताए ।

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एक अर्कामा जोडिएको अभिन्न विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दहालले ती विषय प्राप्त नगर्दासम्म समाजवाद स्थापना हुन नसक्ने स्पष्ट पारे । सहिदले बलिदान गरेर स्थापना गरेको परिवर्तनप्रति प्रतिक्रान्तिकारी शक्तिले धावा बोल्ने प्रयास गरेको भए पनि त्यसका विरुद्ध मजदुर वर्गले प्रतिवाद गर्नु जरुरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा मजदुर आन्दोलनसँग जोडिएका विषयवस्तु समेटिएको पुस्तक प्रधानमन्त्री दाहालले सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ५९ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६