बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ | Khabarhub Khabarhub

बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

दार्चुला । दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

नगद चोरी गर्ने नीयतले एटीएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका–४ पोक्सेका २९ वर्षीय दिलेन्द्रसिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए।

कार्कीले बिहीबार राती साढे १२ बजेको समयमा एटीएम फोड्ने प्रयास गरेका थिए। बिहानमात्रै बैंकका कर्मचारीले एटीएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। एटीएम कक्षको सिसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रबार दिउँसो साढे १२ सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : १४ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी