बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ « Khabarhub

बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

दार्चुला । दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एकलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

नगद चोरी गर्ने नीयतले एटीएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका–४ पोक्सेका २९ वर्षीय दिलेन्द्रसिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए।

कार्कीले बिहीबार राती साढे १२ बजेको समयमा एटीएम फोड्ने प्रयास गरेका थिए। बिहानमात्रै बैंकका कर्मचारीले एटीएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। एटीएम कक्षको सिसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रबार दिउँसो साढे १२ सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : १४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन