घुमफिरका लागि रोमाञ्चक कालिञ्चोक (फोटो फिचर) « Khabarhub

घुमफिरका लागि रोमाञ्चक कालिञ्चोक (फोटो फिचर)


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलोमिटर उत्तर कालिञ्चोक अवस्थित कालिञ्चोक मन्दिर तीन हजार ८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत सात भगवती दिदी बहिनी हुन् भन्ने विश्वास रहेको छ।

कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यको अवलोकन गर्न सकिन्छ।कालिञ्चोकमा जनैपुर्णिमा, दसैँ, चैते दसैँमा भक्तजनको भीड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

कालिञ्चोक पर्यटकीय र धार्मिक दुबै दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ। कालिञ्चोक भगवतीको दर्शन गर्ने तीर्थयात्रीदेखि हिउँ खेल्न रुचाउने युवाअनि प्रेमका जोडीहरु सबैले रुचाएकाले कालिञ्चोक काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको सूचीमा आउँछ।

भगवती देवीले आफ्नो इच्छा पुरा गरिदिने विश्वास लिएर भक्तजन टाढा-टाढाबाट कालिञ्चोक आउने गर्छन्। फिल्मकर्मीले पनि यो ठाउँ मन पराएका छन् र थुप्रै चलचित्र र म्युजिक भिडियो पनि यो क्षेत्रमा छायांकन हुने गरेका छन्।

मन्दिर जान सहजताको लागि कालिञ्चोक प्रा.लिको केवलकारले सेवा दिइरहेको छ। उकालो चढ्न गाह्रो हुनेहरु केवलकारको सहयोगमा माथि जान सक्छन्। कुरी गाँउमा हिउँदमा हिउँ खेल्न आउनेको भीड नै लाग्ने गर्दछ। हिउँदको समयमा कुरिका होटललाई भ्याइनभ्याइ हुने गर्छ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ०४ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो