‘खायन’ प्रजातिको आलु संरक्षण गरिँदै « Khabarhub

‘खायन’ प्रजातिको आलु संरक्षण गरिँदै


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ । ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र संरक्षण गर्न लागेको हो । 

रैथाने आलु संरक्षणको अभियानमा लागेको गाउँपालिकालाई ज्ञान केन्द्रले पनि प्रविधिमा साथ दिएको हो । सदरमुकाममा अधिकांश होटलमा प्रयोग हुने आलुमा ताराखोलाको बढी माग हुने गर्छ । तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखालले बताए। बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो । 

बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला र ढोरपाटनको आलु खोज्ने गरेका छन् । जैविक भएकाले सबैको रोजाइमा ताराखोलाकै आलु पर्ने गरेका बताइएको छ । ताराखोलाका किसानले रासायनिक मल प्रयोग गर्दैनन् । अग्र्यानिक आलु भएकाले खान पनि मीठो हुँदा बजारमा सहजै बिक्री हुन्छ ।

सबैको चासो र अर्ग्यानिक भएकाले कृषि ज्ञान केन्द्रले ताराखोलामा रैथाने आलु प्रवर्द्धनको काम गरेको हो । आलुमा मिसावट नभएकाले रैथाने आलु प्रवर्द्धन कार्यक्रम बनाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताए। 

‘हामीले अहिलेसम्म ताराखोलाको आलुमा रासायनिक मल सिफारिससम्म गरेका छैनौँ’, उनले भने, ‘अग्र्यानिक आलुकै रुपमा बजार पाउने अवस्था छ ।’ पुनका अनुसार ताराखोलामा मात्रै ‘खाएन आलु प्रवर्द्धन कार्यक्रम’ मा १५ समूहसँग सम्झौता गरेर अनुदान तथा आलु प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरेको उनले बताए। त्यसका लागि न्यूनतम पाँच सय हेक्टर जमिन छनोट भएको छ । रैथाने आलु प्रवर्द्धन गरेर बजारीकरणमा समेत केन्द्रले साथ दिएको छ ।

गत वर्ष ताराखोलामा साढे सात लाख किलो आलु फलेको थियो । उक्त आलु पोखरा, बुटवल र बागलुङका बजारमा सहजै बिक्री हुने गरेको छ । ज्ञान केन्द्रले उत्पादनपछि प्रतिकिलो रु दुइ किसानलाई अनुदान दिने गरेको छ । कम्पोस्ट मल प्रयोग गर्दा आलुको गुणस्तर निकै राम्रो भएको पुनले बताए। 

किसानले आलुबाटै मनग्ये कमाई पनि गरेका छन् । आलुको बजार सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुनले बताए। ताराखोलामा आलु भण्डारणको ‘स्टोर’ पनि बनेका छन् । स्थानीय स्रोत साधनबाटै बनेका घरमा आलु भण्डारण गरिने वडा नं ४ की गमिला रोकाले बताए। त्यसबाहेक तारखोलामा बोडी, सिमी, राजमा, च्याउ, कर्कलो, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र मार्सी चामल ताराखोलाका उत्पादन हुन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  २ : ५९ बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट