गुन्डुमा एमालेका प्रतिनिधि विवादबारे वार्ता, ओलीले पछि हट्नु भन्दा पोखरेलको जवाफ : अघि बढिसकेँ, रोकिन्नँ « Khabarhub

गुन्डुमा एमालेका प्रतिनिधि विवादबारे वार्ता, ओलीले पछि हट्नु भन्दा पोखरेलको जवाफ : अघि बढिसकेँ, रोकिन्नँ


१८ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्।

उनीहरूले गुण्डु पुगेर करिब डेढ घण्टा छलफल गरेको स्रोतले जनाएको छ। छलफलमा नेताले प्रतिनिधि छनोटको विवाद टुङ्ग्याएर अगाडि बढ्न आग्रह गरे ।

‘महाधिवेशन नजिकिएकाले विवाद रहेका जिल्लाहरूमा टुङ्ग्याएर अगाडि बढ्नुपर्छ भनेका छौँ । यसले राम्रो सन्देश दिएन, सुल्झाउनु पर्ने कुरा राख्यौँ’, पोखरेलसँगै गुण्डु पुगेका ती नेताले भने, ‘एमालेमाथि चौथर्फी हमला भइरहेका बेला प्रतिनिधिको विवाद अल्झाइराखेर बाहिर राम्रो म्यासेज जाँदैन।’

उनीहरूले महाधिवेशन आउन करिब नौ दिन मात्रै बाँकी रहँदा पनि प्रतिनिधिको विवाद नटुङ्गिनाले अन्योल कायमै रहेको बताएका छन् । त्यहीकारण आफूहरूले ओलीलाई विवाद सुल्झाउन सुझाव दिएको ती नेताले बताए ।

ओलीलाई भेट्न उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई पनि पुगेका छन् ।

गुण्डु पुगेका ती एमाले नेताले खबरहबसँग कुरा गर्दै भने, ‘अरु विषयमा थप कुरा भएन। अहिले हतार भएकाले प्रतिनिधिको विषय राखेर फर्कियौँ।’

भेटमा ओलीले पोखरेलसँग एघारौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व दिन भनेका थिए । त्यस्तै पोखरेलले पनि आफूलाई नेतृत्व सुम्पिएर जान सुझाएको बताएका थिए ।

पोखरेलले आफू अगाडि बढिसकेकाले पछि नहट्ने अडान ओलीसामु राखेको ती नेताले बताएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ३ : ५९ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष