भूमि आयोग खारेजप्रति आयोगका पदाधिकारीको आपत्ति | Khabarhub Khabarhub

भूमि आयोग खारेजप्रति आयोगका पदाधिकारीको आपत्ति


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विघटित राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरूले आयोग खारेज गर्ने निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम सम्पन्न नहुँदै सरकारले आयोग खारेज गर्ने निर्णय गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विघटित राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि काम जारी रहँदा आयोग नै विघटन हुँदा आश्चर्यचकित भएको बताए । उनले आयोगलाई पूर्ण रुपमा काम गर्ने दिने विश्वासका साथ काम गरिरहँदा त्यसो हुन नसकेको धारणा राखे । अध्यक्ष पद रहने की नरहने भन्दा पनि रुकुमवासीको नाममा राजनीतिक कहिलेसम्म ? भन्दै उनले प्रश्न गरे ।

उनले सुकुम्बासी, अव्यवस्थित बसोबासीमाथि धोका भएको भन्दै सरकारको कार्यको विरोध र भर्त्सना गरे । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : २५ बजे

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली

कर्णाली – कर्णालीमा आगामी मङ्सिर २-९ गतेसम्म हुने दशौँ राष्ट्रिय

ह्यारिससँग दोस्रो बहस गर्न तयार भएनन् ट्रम्प

न्युयोर्क – ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि डेमोक्र्याट

पेट्रोलमा इथानोल मिसाउने बहस : सरकारको हातमा मस्यौदा, कच्चापदार्थ देशभित्रै

काठमाडौं – नेपालमै इथानोल उत्पादन गर्ने योजना यतिखेर चर्चामा छ

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीशको सिफारिस हुने

काठमाडौं – शुक्रबार संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

गलकोट – कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो