मौसमजन्य घटना प्रतिकार्यमा पूर्वसूचना प्रभावकारी | Khabarhub Khabarhub

मौसमजन्य घटना प्रतिकार्यमा पूर्वसूचना प्रभावकारी


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परापूर्वकालमा मौसमसम्बन्धी पूर्वजानकारी लिने माध्यम थिए, जमिनमुनी बस्ने सर्प, भ्याकुता र गड्यौला जस्ता जीवजन्तु । उनीहरुका गतिविधिका आधारमा मौसमको पूर्वानुमान गरिन्थ्यो । जीवजन्तुहरु जमिन बाहिर निस्केर गर्ने गतिविधिका आधारमा पानी पर्ने र नपर्ने अनुमान गरिन्थ्यो । यस्तो अनुमान कहिलेकाँही मिल्थ्यो पनि ।

समय परिवर्तनसँगै बाढीको पूर्वानुमानका लागि टावरहरु बनाइयो । टावरबाट मानिसहरु टाढा–टाढासम्म के भइरहेको छ देख्न सक्थे । र, पूर्वतयारीका लागि समय मिल्थ्यो । नदीमा पानीको सतह बढ्यो भने मान्छेलाई चिच्चाएर खबर पठाउने प्रयास गरिन्थ्यो । त्यो पनि भरपर्दो हुन सकेन । बाढी आएपछि तल्लो भेगका मानिसहरुलाई सूचना पु¥याउन समय लाग्थ्यो । अनि सर्वसाधरणहरु भाग्न भ्याउदैनथे ।

मौसमसम्बन्धी पूर्वसूचना दिन छिटो र स्वचालित प्रविधिका रुपमा सन् २००० मै विश्वका विकसित देशले राडार र प्रेसर बम्बल सेन्सरको प्रयोग सुरु गरिसकेका थिए । सन् २००५ मा जापानमा भएको संयूक्त राष्ट्रसङ्घको सम्मेलनले बाढी प्रभावित देशलाई बाढीको पूर्वसूचनाको प्रक्रियालाई छिटो र सहज तरिकाले सम्प्रेषण गर्न ती प्रविधिको प्रयोग गर्न सुझाव दिएपछि सन् २००८ देखि नेपालमा पनि यो प्रविधिको प्रयोग सुरु भएको थियो ।

सन् २००८ देखि मानव स्वचालित स्टाफगेज (जल सतह मापन यन्त्र) को प्रयोग गर्न थालियो । त्यसपछि स्टाफगेजको प्रयोग गरी नदीमा पानीको सतहबारे जानकारी लिन थालियो । बाढी आउने सम्भावनाबारे पनि यसैबाट अनुमान गरिन्थ्यो । बाढी आउने जानकारी स्थानीयलाई आवासेट प्रविधिमार्फत खवर पुर्‍याइन्थ्यो । बाढीको जोखिममा भएका मानिसका लागि यो प्रविधि पनि छिटो र छरितो बन्न सकेन ।

त्यसपछि नेपालमा राडार सेन्सर र बम्बल सेन्सर प्रविधिको प्रयोग सुरु गरियो । र, आजका दिनमा मौसमी विपद्सम्बन्धी पूर्वसूचनाका लागि सबैभन्दा प्रभावकारी प्रविधिका रुपमा स्थापित भएको छ ।

यसैप्रविधिबाट प्राप्त पूर्वसूचना प्रत्येक वर्ष करिब ९० लाखलाई एसएमएसमार्फत पठाउने गरिएको विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यको भनाइ छ । “हामीले प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गछौँ, यसले आगामी तीन दिनको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ”, उनले भने, “बाढी र बर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि ११४९ को व्यवस्था गरेका छौँ ।”

विभागले वेवसाइटमार्फत पनि विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषण गरिरहेको छ । विगतमा बाढीको पूर्वसूचना दिने गरिए पनि अन्य विपद्जन्य घटनाको पूर्वसूचना दिन नसकिएको भन्दै आगामी दिनमा त्यसको पनि तयारी भइरहेको उनको भनाइ छ ।

“बिषेशगरी हामीले बाढीसम्बन्धी मात्रै पूर्वसूचना उपलब्ध गराउँदै आएका छौँ । तर अबदेखि पहिरो, हिमपहिरोको, लु, वन डडेलो, हावाहुरी, भारी बर्षा, चट्याङ, शीतलहरलगायतका १२ किसिमका विपद्को पूर्वानुमान गरी एसएमएसमार्फत सन्देश प्रवाहको तयारी गरिरहेका छौँ”, कर्मचार्यले भने। उनका अनुसार टेलिकम कम्पनी एनसेलले विभागसँगको सहकार्यमा सन् २०१६ देखि बाढीको पूर्वसूचना प्रवाह गर्न निःशुल्क एसएमएस सेवा दिँदै आएको छ ।

उनका अनुसार यसअघि एनसेलसँग मात्रै यसप्रकारको सम्झौता भएकोमा अब नेपाल टेलिकमसँग पनि सोसम्बन्धी सम्झौताको तयारी भइरहेको छ । “पूर्वसूचना प्रवाहकै कारण मनसनजन्य विपद्बाट हजारौं मानिसको ज्यान जोगिएको छ, आर्थिक क्षति पनि कम भएको छ”, कर्माचार्यले थपे, “पूर्वसूचना अझ प्रणालीलाई भरपर्दो र विश्वासनीय बनाउँदै लैजाने छौँ ।”

उनले मौसममा आधारित जोखिमबाट हुने धनजनको क्षति कम गराउन पूर्वसूचना प्रणाली तथा प्रवाहका लागि तीन वटै तहका सरकार, विभिन्न सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्न आवश्यक भएको बताए । स्थानीय तहसम्म विभागको संरचागत विकास हुन नसकेको भन्दै प्रभावकारी रुपमा पूर्वसूचना प्रवाह गर्न नसकिएको उनको भनाइ छ । “विभागले सात सय ५३ वटै स्थानीय तहमा संरचनागत विकास तत्काल नसके पनि प्रत्येक जिल्लासम्म पुग्ने योजना बनाएका छौँ”, कर्मचार्यले भने । यसका लागि थप मनसुनी राडार आवश्यक पर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसनुजन्य घटनाका कारण जलविद्युत् आयोजनालगायतका पूर्वाधारमा क्षति पुग्दा मुलुकको अर्थतन्त्रमा असर पुगेको बताए । उनले यसप्रकारको क्षति कम गर्नका लागि योजना बनाउनुपर्ने आवश्यकता औँल्याए ।

“मनसुनजन्य जोखिम उच्च भएका क्षेत्रमा पनि पूर्वसूचना प्रणालीको विकास आवश्यक भइसकेको छ । हामी सबै सरोकारवाला निकायसँग यस विषयमा छलफल सुरु गरिसकेका छौँ”, उनले भने ।

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले पछिल्लो समय पूर्वसूचना प्रणाली विपद् व्यवस्थापनको भरपर्दो माध्यम बन्दै गएको भन्दै थप विस्तार गर्नका आवश्यक रहेको बताए । “सूचना प्रविधिको विकाससँगै भू–उपग्रहका माध्यमबाट सूचना लिने र दिन थालिएसँगै विपद्सम्बन्धी पूर्वसूचना प्रणाली भरपर्दो र विश्वसनीय बनेको छ”, उनले भने, “यति हुँदाहँदै पनि विपद्का घटनाबाट हुने क्षति भने रोक्न नसकिए पनि न्यूनिकरण भने भएको छ ।”

उनले बढ्दो जलवायु परिवर्तनको असरसँगै विपद्का घटना पनि बढिरहेको भन्दै अनुकुलनका प्रभावकारी कार्यक्रमहरु सञ्चालन जरुरी रहेको बताए । “हामीसँग विपद् ऐन, विपद् नियमवाली, विपद् व्यवस्थापन तथा न्यूनीकरण नीति, विपद् व्यवस्थापन न्यूनिकरणका लागि विभिन्न संरचना छन्, जलवायु परिवर्तन नीति छ”, उनले भने, “ प्रत्येक वर्ष गृहमन्त्रालयले विपद् प्रतिकार्य योजना नै ल्याउँछ । स्थानीय तहमा स्थानीय सरकार सञ्चालन ऐन पनि छ । सरकारले नीतिगत व्यवस्था धेरै राम्रो गरेको छ तर प्रभावकारी कार्यन्वयन हुन भने सकेको छैन ।”

जलविद् इञ्जिनियर बिनोद पराजुलीले हाल प्रयोग भइरहेका राडार सेन्सर र बम्लर सेन्सर स्वचालित रुपमा सञ्चालन हुने र समयमै बाढीको पूर्वसूचनाका लागि प्रभावकारी बनेको बताए । “संकटापन्न समुदायलाई बाढी आउँदै छ भनेर छ घण्टा अगाडि पूर्वसूचना त दिन सकेका छौँ”, उनले भने, “पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाएर कस्तो विपद्मा कसरी बच्न सकिन्छ ? के–के गर्ने ? वा के–के नगर्ने भन्ने बिषयमा पनि व्यापक प्रचारप्रसारको जरुरी छ ।”

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : २९ बजे

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ