मुम्बईमाथि राजस्थानको शानदार जित : सन्दीपले ५ विकेट लिँदा, जैसवालको शतक | Khabarhub Khabarhub

मुम्बईमाथि राजस्थानको शानदार जित : सन्दीपले ५ विकेट लिँदा, जैसवालको शतक


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको शानदार जित निकालेको छ। राजस्थाको जितका लागि सन्दीप शर्माले लिएको ५ विकेट र यशस्वी जैसवालले बनाएको शतक महत्त्वपूर्ण रहे।

सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले एक विकेटको क्षतिमा आठ बल बाँकी हुँदै १८३ रन बनाएर भेट्टाएको हो।

मुम्बईमाथि सहज जितका लागि राजस्थानका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे। ६० बलको सामना गरेका उनले ९ चौका र ७ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका हुन्। जोस बटल ३५ रनमा आउट हुँदा कप्तान सञ्जु स्यामसनलें नटआउट ३८ रन बनाए। मुम्बईका लागि पियुष चावलाले मात्र एक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्या १०/१० रनमा आउट भएका थिए।

मुम्बईलाई सस्तैमा समेट्न राजस्थानका सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए। ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १/१ विकेट हात पारे।

यो जितसँगै राजस्थान १४ अंकका साथ शीर्ष स्थानमा कायमै छ। मुम्बई भने ६ अंकसहित सातौं स्थानमा छ। आईपिएल अन्तर्गत मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टको खेल हुँदैछ। यो प्रतिस्पर्धा साँझ ७:४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ११ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने