मुम्बईमाथि राजस्थानको शानदार जित : सन्दीपले ५ विकेट लिँदा, जैसवालको शतक « Khabarhub

मुम्बईमाथि राजस्थानको शानदार जित : सन्दीपले ५ विकेट लिँदा, जैसवालको शतक


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको शानदार जित निकालेको छ। राजस्थाको जितका लागि सन्दीप शर्माले लिएको ५ विकेट र यशस्वी जैसवालले बनाएको शतक महत्त्वपूर्ण रहे।

सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले एक विकेटको क्षतिमा आठ बल बाँकी हुँदै १८३ रन बनाएर भेट्टाएको हो।

मुम्बईमाथि सहज जितका लागि राजस्थानका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे। ६० बलको सामना गरेका उनले ९ चौका र ७ छक्काको मद्दतमा नटआउट १०४ रन बनाएका हुन्। जोस बटल ३५ रनमा आउट हुँदा कप्तान सञ्जु स्यामसनलें नटआउट ३८ रन बनाए। मुम्बईका लागि पियुष चावलाले मात्र एक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्या १०/१० रनमा आउट भएका थिए।

मुम्बईलाई सस्तैमा समेट्न राजस्थानका सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए। ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १/१ विकेट हात पारे।

यो जितसँगै राजस्थान १४ अंकका साथ शीर्ष स्थानमा कायमै छ। मुम्बई भने ६ अंकसहित सातौं स्थानमा छ। आईपिएल अन्तर्गत मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टको खेल हुँदैछ। यो प्रतिस्पर्धा साँझ ७:४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ११ बजे

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा