यस्ता छन्, काफल खाँदाका फाइदा « Khabarhub

यस्ता छन्, काफल खाँदाका फाइदा


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल पाकेको पाइन्छ । यसको स्वाद निकै नै मिठो र स्वादिष्ट हुन्छ । यसलाई त्यसै वा साँधेर पनि खान सकिन्छ । काफल बालकदेखि वृद्धा युवा हरेकले मन पराउने फल हो ।

चिकित्सकका अनुसार काफलमा प्रोटिन, फाइबर, जैविक पदार्थ, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्त्व पाइन्छ । काफलको बोक्रामा एन्टीसेप्टिक गुण पाइन्छ भने यो कफ र ज्वरो नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ ।

यी हुन काफल खाँदा हुने फाइदाहरू
– काफल खानाले टाउको दुखाई कम हुन्छ ।
– काफलमा चिनी वा मिस्री मिसाइ तताएर पिउनाले खोकी, दम, हृदयरोग लगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– काफलको सेवनले स्वर राम्ररी खुलाउँछ ।
– काफलले आँखाको ज्योति बढाउने काम गर्छ ।
– काफलको सेवनले अपच र अरुचि हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
– पखाला लागेको बेला काफलको सेवन लाभदायक मानिन्छ ।
– सामान्यतया काफलको बोक्रालाई पिसेर धुलो बनाउने र त्यस धुलोलाई मञ्जनका रुपमा ब्रस गरे दाँतको दुख्ने समस्या काम हुन्छ । साथै दाँत पनि सफा हुन्छ ।
– काफलले शीतलता प्रदान गर्छ ।
– काफलको बोक्रालाई तिलको तेलमा पकाएर दुई थोपा कानमा हाल्दा कान पाक्ने र कम सुन्ने समस्याबाट राहत पाउन सकिन्छ ।
– महिनावारीमा गडबडी भएका बेला पनि काफलको सेवन फाइदाजनक हुन्छ ।
– शरीरका कुनै बाहिरी अंगमा घाउ भएमा वा चोटपटक लागेमा काफलको धुलोको लेप बनाएर लगाउँदा चाँडै लाभ मिल्छ ।
– काफलको सेवनले पिसाबसम्बन्धी समस्या कम हुन्छ ।
चार–पाँच ग्राम काफलको बोक्राको धुलोमा एकदुई चम्चा मह मिलाएर दिनको दुई पटक सेवन गर्नाले श्वासको दुर्गन्धलाई हटाउँछ ।
– शरीर पोल्ने, झम्झमाउने, ज्वरो आउने, वात रोग, दाँत तथा पेटको अर्सा आदिलाई पनि काफलले ठिक गर्छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ९ : ५९ बजे

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित