यस्ता छन्, काफल खाँदाका फाइदा | Khabarhub Khabarhub

यस्ता छन्, काफल खाँदाका फाइदा


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल पाकेको पाइन्छ । यसको स्वाद निकै नै मिठो र स्वादिष्ट हुन्छ । यसलाई त्यसै वा साँधेर पनि खान सकिन्छ । काफल बालकदेखि वृद्धा युवा हरेकले मन पराउने फल हो ।

चिकित्सकका अनुसार काफलमा प्रोटिन, फाइबर, जैविक पदार्थ, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्त्व पाइन्छ । काफलको बोक्रामा एन्टीसेप्टिक गुण पाइन्छ भने यो कफ र ज्वरो नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ ।

यी हुन काफल खाँदा हुने फाइदाहरू
– काफल खानाले टाउको दुखाई कम हुन्छ ।
– काफलमा चिनी वा मिस्री मिसाइ तताएर पिउनाले खोकी, दम, हृदयरोग लगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– काफलको सेवनले स्वर राम्ररी खुलाउँछ ।
– काफलले आँखाको ज्योति बढाउने काम गर्छ ।
– काफलको सेवनले अपच र अरुचि हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
– पखाला लागेको बेला काफलको सेवन लाभदायक मानिन्छ ।
– सामान्यतया काफलको बोक्रालाई पिसेर धुलो बनाउने र त्यस धुलोलाई मञ्जनका रुपमा ब्रस गरे दाँतको दुख्ने समस्या काम हुन्छ । साथै दाँत पनि सफा हुन्छ ।
– काफलले शीतलता प्रदान गर्छ ।
– काफलको बोक्रालाई तिलको तेलमा पकाएर दुई थोपा कानमा हाल्दा कान पाक्ने र कम सुन्ने समस्याबाट राहत पाउन सकिन्छ ।
– महिनावारीमा गडबडी भएका बेला पनि काफलको सेवन फाइदाजनक हुन्छ ।
– शरीरका कुनै बाहिरी अंगमा घाउ भएमा वा चोटपटक लागेमा काफलको धुलोको लेप बनाएर लगाउँदा चाँडै लाभ मिल्छ ।
– काफलको सेवनले पिसाबसम्बन्धी समस्या कम हुन्छ ।
चार–पाँच ग्राम काफलको बोक्राको धुलोमा एकदुई चम्चा मह मिलाएर दिनको दुई पटक सेवन गर्नाले श्वासको दुर्गन्धलाई हटाउँछ ।
– शरीर पोल्ने, झम्झमाउने, ज्वरो आउने, वात रोग, दाँत तथा पेटको अर्सा आदिलाई पनि काफलले ठिक गर्छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ९ : ५९ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो