एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान « Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।

महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।

स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ ।

महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने नेता गौतमले जानकारी दिए ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको उक्त पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ११ : ३५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका