बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक « Khabarhub

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृशाेक परेकाे छ ।

एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीकाे ८८ वर्षकाे उमेरमा मंगलबार बिहान निधन भएकाे हाे ।

उपनिर्वाचनकाे चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाकाे निधन भएपछि एक दिनलाई प्रचार स्थगित गरिएकाे एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए ।

भण्डारी दुई हप्तादेखि बिरामी थिए। छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारीगाउँ निवासी उनकाे अन्तिम संस्कार बुधवार बिहान गरिने आफन्तजनले बताएका छन् ।

बुधवारदेखि नै चुनावी अभियानलाई निरन्तरता दिइने इन्चार्ज रावले जानकारी दिए।

२०७९ मंसिरको निर्वाचनमा बझाङ-१ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहकाे २०७९ असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा कांग्रेसले उनै पृथ्वीबहादुरका पुत्र अभिषेक सिंहलाई दिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : ३२ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ