व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने « Khabarhub

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । नगर प्रमुख न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउने संकल्प गर्दै शिक्षक, कर्मचारीका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिने निर्णय गरेको हो । 

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि यो निर्णय गरिएको प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष जीवन गुरुङले जानकारी दिए। बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आगामी जेठ मसान्तसम्म नगर शिक्षा ऐन नियमअनुसार व्यवस्थापन समिति गठन गर्न निर्देशन दिने निर्णय गरेको छ ।

 प्रवक्ता गुरुङका अनुसार नगरपालिकाभित्रका केही विद्यालयमा अत्यन्त न्यून विद्यार्थी भएकाले त्यस्ता विद्यालयमा कक्षा व्यवस्थापन एवं समायोजन गर्नेगरी दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय भएको छ । 

यसैगरी नगरपालिकाअन्तर्गत वडा नं ११, १०, ९, ७ मा रहेको परासर मार्ग (घाँसीकुवा–फराकचौर–अधेरीभञ्ज्याङ–माझफाँट, नरङ्गा कलेस्ती) को १०.५ किलोमिटर विश्व बैंकको सहयोगमा निर्माण हुने मार्गको टेन्डर प्रक्रिया पूरा भई निर्माण अघि बढाउने सम्बन्धमा सम्बन्धित आयोजनाका परामर्शदाताबाट प्रस्तुतीकरण भई उक्त योजनाको बाँकी रहेका करिब रु २२ करोड रकमलाई अर्को प्राथमिकताका योजनामा लगानी गर्न सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ । 

नगरपालिकाको फोहर व्यवस्थापन एवं वर्गीकरण गर्ने काममा जनस्तरमा परामर्श दिन नियुक्त विज्ञ कृष्णप्रसाद भण्डारीबाट हाल सम्पन्न प्रगति विवरण, सुझाव बैठकमा पेस भएको र वैशाख १५ गतेदेखि वडामा फोहर वर्गीकरण अभियान प्रारम्भ गर्ने निर्णय भएको जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १ : ४९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ